Comments Add Comment

राष्ट्रिय सहमतिको सरकार अपरिहार्य : थापा

८ जेठ, काठमाडौं । वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले राष्ट्रिय सहमतिको सरकार अपरिहार्य बनिसकेको बताएका छन् । राष्ट्रिय सरकारले मुलुकलाई सहि दिशानिर्देश गर्ने उनको विश्वास छ ।

Sunil-Bahadur-Thapaशुक्रबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री थापाले राष्ट्रिय सहमतिको सरकार गठन गरी संविधान निर्माणको अधुरो काम पूरा गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय सहमतिको सरकार बनेमा भूकम्पको विपत्तीको सामना गर्न पनि सहज हुने उनले विश्वास व्यक्त गरे ।

विपत्तीको सामना गर्न र संविधान निर्माणको काम पूरा गर्न सबै दल आफ्नो स्वार्थभन्दा माथि उठ्नु पर्नेमा उनले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment