Comments Add Comment

अनौठो खुलासाः धुम्रपानका अम्मलीहरु भोट हाल्न डराउँछन्

smoking

मानिसले गर्ने धुमपान र चुनावमा गर्ने मतदानमा के सम्बन्ध होला ? गरीब तथा अशिक्षित समाजमा नेताहरुले रक्सी चुरोट खुवाएकै भरमा भोट हाल्न नजाने मानिसहरु पनि गएर खुवाउनेलाई भोट हाल्ने गरेको भन्ने खालका समाचार हामीकहाँ सुनिन्छ कहिलेकाहीँ ।

यसबाट धुमपानले चुनावमा भोट हाल्ने दर झन बढाउँछ की जस्तो लाग्नसक्छ । तर होइन, एक नयाँ अध्ययनले धुमपानले मतदानको दर घटाउने देखाएको छ ।

अमेरिकाको कोलोराडो विश्वविद्यालयका शोधकर्ताका अनुसार धुम्रपान गर्ने ६० प्रतिशत मानिसले मतदानमा भाग लिँदैनन् । धुम्रपानका अम्मलीहरु मतदानबाट बञ्चित हुने दर निकै उच्च हुने भएकाले अम्मलीहरु समाजमा सिमान्तीकृत हुने सम्भावना बढिरहेको शोधकर्ताहरुको ठहर छ ।

शोधकर्ता सहायक प्राध्यापक कारेन एलब्राइटका अनुसार धुमपान तथा सुर्ति सेवन गर्ने मानिसहरु तिब्र रुपमा सिमान्तीकरणमा परिरहेका छन् र धुमपान नगर्ने मानिसहरुको भन्दा अम्मलीहरुको आत्मविश्वास समेत निकै कम हुने पाइएको छ ।

शोधकर्ता एलब्राइट भन्छन्, ‘हाम्रो अध्ययनबाट यो कुराको खुलासा भएको छ की सिमान्तीकरणमा पर्ने स्थिति वैयक्तिक स्तरभन्दा वृहत छ र त्यस्ता व्यक्तिहरु राजनीतिक प्रणाली तथा राजनीतिक संस्थाहरुबाट समेत टाढिइरहेका हुन्छन् ।’

साइन्स डेलीका अनुसार उक्त शोधका क्रममा ११ हजार ६ सय २६ जना मानिसलाई सहभागी गराइएको थियो ।

सहभागीलाई उनीहरुको धुम्रपानसँग सम्बन्धित व्यवहारका विषयमा विभिन्न प्रश्न सोधिएको थियो । साथै उनीहरुलाई हालै भएका चुनावहरुमा भोट हाले नहालेको विषयमा पनि सोधिएको थियो । त्यसबाट के खुलासा भयो भने दैनिक रुपमा धुम्रपान गर्ने मध्ये ६० प्रतिशत मानिसहरुले धुम्रपान नगर्नेहरुको तुलनामा मतदानमा भाग लिएनन् ।

आखिर धुम्रपान गर्ने मानिसहरुमा के कारणले गर्दा मतदानप्रति अरुची पैदा भएको हो ? त्यसको कारण भने पत्ता नलागेको शोधकर्ता बताउँछन् । तर यसको एउटा कारण भनेको धुम्रपानका अम्मलीहरु राजनीतिक दल तथा नेताहरुलाई दमनकारी ठान्दछन् किनकी राजनीतिक दलहरुले सूर्तिजन्य पदार्थमाथि विभिन्न खाले कर तथा बन्देजहरु लगाएका हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment