Comments Add Comment

अदालतमा शिक्षक फेल, ‘गाइ’मा निबन्ध लेख्न सकेनन्

cowभारतको जम्मु काश्मीर उच्च अदालतले एक शिक्षकलाई अदालतमै गाइका विषयमा सामान्य निबन्ध लेख्न लगाए । हालै शिक्षकमा नियुक्त भएका मोहम्मद इमरान खानको नियुक्तिको विरुद्धमा परेको मुद्दामा सुनुवाई गर्दै न्यायाधीश मुजफ्फर हुसैन अत्तरले ती शिक्षकको योग्यता तथा क्षमता जाँच्नका लागि अदालत परिसरमै घरपालुवा जनावर गाइको विषयमा सामान्य निबन्ध लेख्न लगाए । तर विडम्बना ती शिक्षकले गाइको विषयमा सामान्य निबन्ध समेत लेख्न सकेनन्

नवनियुक्त शिक्षक खानको शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै उनी विरुद्ध अदालतमा मुद्दा हालिएको थियो । उच्च माध्यामिक शिक्षा बोर्ड दिल्लीले जारी गरेको उनका शैक्षिक प्रमाणपत्रमा उर्दुमा ७४, अंग्रेजीमा ७३ र गणितमा ६६ प्रतिशत अंक प्राप्त गरेको देखिएको छ । तर शैक्षिक प्रमाणपत्रमा त्यतिसारो उच्च अंक पाएका ती शिक्षकले गाइका विषयमा सामान्य निबन्ध समेत लेख्न नसकेपछि उनका शैक्षिक प्रमाणपत्र नक्कली भएको ठहर न्यायाधीशले गरे ।

सुरुमा उनलाई एउटा सामान्य हरफ उर्दुबाट अंग्रेजी र अंग्रेजीबाट उर्दुमा अनुवाद गर्न लगाइएको थियो, जुन उनले पूरा गर्न सकेनन् ।

त्यसपछि उनलाई उर्दु भाषामै गाइका विषयमा निबन्ध लेख्न लगाइयो, तर सकेनन् । अदालत बाहिर चौरमा गएर भएपनि निबन्ध लेख्ने अनुमति दिँदा समेत उनी असफल भए । त्यसपछि ती शिक्षकले आफु गणितमा अब्बल रहेको दाबी गरे । अनि उनलाई कक्षा ४ को एउटा हिसाब गर्न लगाइयो । तर विडम्बना उनले त्यो हिसाब पनि गर्न सकेनन् ।

वरिष्ठ शिक्षकमा नियुक्त ती शिक्षक अदालतको हरेक परीक्षामा फेल भएपछि न्यायाधीशले राज्य सरकारका नाममा कडा निर्देशन दिँदै शैक्षिक प्रमाणपत्र जाँच गर्न एक कार्यदल बनाउन आदेश दियो । साथै गैरमान्यता प्राप्त शैक्षिक केन्द्रबाट प्रमाणपत्र प्राप्त गरी शिक्षण पेसामा नियुक्त शिक्षकहरुको योग्यता जाँच गर्नका लागि समेत एक कार्यदल बनाउन अदालतले आदेश दिएको छ । योग्यता परीक्षामा असफल हुनेहरुका शैक्षिक प्रमाणपत्र जफत गरी बर्खास्त गर्न समेत अदालतले आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment