Comments Add Comment

पूर्वन्यायाधीश उप्रेतीको न दाहसंस्कार, न किरिया

११ जेठ, काठमाडौं । आफ्नै निवासमा आत्महत्या गरेका पूर्वन्यायाधीश भरतराज उप्रेतीको शव त्रिवि शिक्षण अस्पताललाई बुझाइएको छ । सुसाइड नोटमा उप्रेतीले गरेको माग अनुसार उनको दाहसंस्कार नहुने भएको छ ।

BHARAT-RAJ-UPRETIउप्रेतीले लेखेको सुसाइट नोटमा पशुपतिमा दाहसंस्कार नगर्नु र आफ्नो शव टिचिङ अस्पतालका विद्यार्थीलाई बुझाइदिनु भनेकाले उनको दाहसंस्कार नगरिने र शोक तथा श्रद्धाञ्जलीको सामान्य विधिमात्रै गरिने स्रोतले बतायो ।

पूर्वन्यायाधीश उप्रेतीले आफ्नो किरियासमेत नगर्न र त्यसवापत लाग्ने खर्च भूकम्प पीडितलाई दिन सुसाइड नोटमा आग्रह गरेकाले उनको किरियासोत नगरिने स्रोतले बतायो ।

उप्रेतीले आफ्नो स्वेच्छाले देह त्याग गरेको सुसाइड नोटमा जनाएका छन् ।

कानूनी पेशा छोराछोरीलाई जिम्मा

पूर्वन्यायाधीश उप्रेती सर्वोच्च अदालतबाट सेवानिवृत्त भएसँगै अनामनगरसस्थित पायनियल ल फर्ममा आवद्ध थिए । सोही ल फर्ममा सभामुख सुवासचन्द्र नेम्वाङले पनि काम गर्ने भएकाले विगत लामो समयदेखि नेम्वाङ र उप्रेतीले एकसाथ काम गरेका थिए ।

‘भूकम्प आएपछि उहाँसँग मेरो भेट भएन, भूइँचालोको खबर के छ भनेर फोनमा मात्रै कुरा भएको थियो,’ सभामुख नेम्वाङले अनलाइनखबरसँग भने-‘अचानक आत्महत्याको खबर सुन्दा अचम्मै लाग्यो, उनी स्ट्रोङ व्यक्ति हुन्, त्यसरी आत्महत्या गर्लान् भनेर कल्पनासम्म गर्न सकिँदैन ।’

उप्रेतीका श्रीमती, एक छोरा र एक छोरी छन् । छोरा अनूप र छोरी अञ्जू दुबै वकील हुन्, उनीहरु दुबै पायनियल ल फर्ममै आवद्ध छन् ।

उनी इमान्दार कानूनविद थिए : नेम्वाङ

सभामुख नेम्वाङले उप्रेतीलाई सम्झँदै अनलाइनखबरसँग भने- ‘उनी राम्रा न्यायाधीश थिए । निरन्तर क्रियाशील हुने र लेखिरहने कानूनविद थिए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment