Comments Add Comment

बलिउडकी नयाँ ‘रानी’ को ? ‘दीपिका कि कंगना’

kangana-and-deepika

बलिउड आफैमा टकरावको क्षेत्र हो । यहाँ काम गर्ने नायिकाहरुमा सधै नै बक्स अफिस लडाईले चर्चा पाउँछ । बलिउडमा नायकहरुको बाहुल्यता रहेको त सबैलाई थाहा छ । तर, अहिले, नायिकाहरुको चलचित्रले समेत बक्स अफिसमा राम्रो व्यापार गरिरहदा चर्चा हुनु स्वभाविक नै हो ।

अहिले बलिउडमा ‘रानी’ को भन्ने बहस सुरु भएको छ । बक्स अफिसदेखि चर्चाका हिसाबले खानहरु ‘राजा’ भैरहदा, बलिउडकी रानी को त ? यसले दर्शकदेखि मिडियामा चर्चा पाउनु स्वभाविक नै हो ।

बक्स अफिसमा हेर्ने हो भने यो बर्ष नायिका दीपिका पादुकोण र कंगना रणावतविच तिव्र प्रतिस्पर्धा देखिएको छ । यो बर्ष प्रदर्शनमा आएको दीपिका पादुकोण केन्द्रित चलचित्र ‘पीकु’ले बक्स अफिसमा कमालकै व्यापार मात्र गरेन, चर्चा पनि पायो ।

यता, दीपिकाले सबैको ध्यान तानिरहेको केही हप्तामा नै कंगना रणावतले उनको चर्चा छिनेकी छिन् । उनलाई केन्द्रविन्दुमा राखेर तयार भएको चलचित्र ‘तन्नु वेड्स मन्नु रिटन्र्स’ले बक्स अफिसमा धमकेदार सुरुवात गर्‍यो । दीपिकाको चलचित्रले पहिले दिन ५ करोडको व्यापार गरिरहदा कंगना ८.७५ करोडको व्यापारसँग अगाडि देखिइन् । चलचित्रको विकेन्ड कलेक्शनमा पनि कंगनाकै चलचित्र माथि छ । अभिनयको तारिफले पनि कंगनाले दीपिकालाई पछारेकी छिन् ।

गतबर्ष चलचित्र ‘क्विन’को व्यापार र अभिनयका कारण कंगनाको चर्चा चुलिएको थियो । कंगनालाई बलिउडमा नयाँ ‘रानी’ मान्न थालिएको थियो । यो बर्ष कंगनाले यो उपाधी पाउने संभावना झनै धेरै छ ।
यसैले, बलिउडकी ‘रानी’ बन्नका लागि कंगनाले दीपिकालाई सधै नै रोकेको विश्लेषण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment