Comments Add Comment

कांग्रेसकै नेतृत्वमा राष्ट्रिय सरकार : उपसभापति पौडेल

१२ जेठ, चितवन । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले अब बन्ने राष्ट्रिय सरकारको नेतृत्व कांग्रेसले नै गर्ने बताएका छन् ।

Ramchandra-Paudel,-RSSपवित्र तीर्थस्थल देवघाटधाममा रहेका आश्रम, मन्दिर र घरहरूको भूकम्पपछिको अवस्थाका बारेमा निरीक्षणपछि पत्रकारहरूसँग कुरा गर्दै उपसभापति पौडेलले संविधान र स्थानीय निकायको निर्वाचनको टुङ्गो लगाउँदै राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने बताए ।

जनताले ठूलो पार्टीका रुपमा कांग्रेसलाई जनादेश दिएको भन्दै उनले सरकारको नेतृत्व पनि काँग्रेसले नै गर्ने बताए ।

भूकम्पपछि भएको क्षतिको मापन गरी पुनःनिर्माणका लागि शक्तिशाली प्राधिकरण बनाउनुपर्ने उपसाभापति पौडेलको भनाइ थियो । उनले भने-“सरोकारवाला मन्त्रालय र निकायको प्रतिनिधित्व हुने गरी प्राधिकरण बन्नुपर्छ जसले पुनःनिर्माणका सबै काम गर्न सकोस् ।” रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment