Comments Add Comment

प्रधानमन्त्री सुशील हुन् कि रामशरण र मिनेन्द्र ?

१३ जेठ, काठमाडौं । वेष्ट मिनिस्टर मोडलको संसदीय पद्दतिमा मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीले जे बोल्यो, त्यही नै निर्णय हुन्छ । तर, सुशील कोइराला यस्ता प्रधानमन्त्री हुन्, जसको कुनै बोली बिक्दैन क्याबिनेटमा ।
susil koirila and ramsaran
सामान्यतः प्रधानमन्त्री क्याबिनेट च्याम्बरमा छिरेपछि बैठक शुरु हुन्छ । तर, कोइराला बैठक शुरु गर्नुअघि दायाँ बायाँ तीन जना मन्त्रीको अनुहार खोज्छन् ।

एक भुक्तभोगी मन्त्रीका अनुसार रामशरण महत, महेश आचार्य र मीनेन्द्र रिजाल नआएसम्म प्रकानमन्त्री कोइराला बैठक नै शुरु गर्दैनन् । कोइराला यी तीन मन्त्रीमा आश्रित भएको अनुमान अरु मन्त्रीले लगाउँछन् ।

‘प्रधानमन्त्रीज्यू तपाई आइसक्नु भयो, अब बैठक शुरु गरे भएन र ? मन्त्रीहरुले यसो भन्दा पख्नुस् पख्नुस् भन्छन्’ एक मन्त्रीले अनलाइनखरबसँग भने, ‘ती तीन भाइ विदेश वा बाहिर भएका बेला बाहेक अरु बेला उनीहरु नआई बैठकै शुरु हुँदैन ।’

मन्त्रिपरिषद बैठकमा पनि प्रायः यी तीन भाइमध्ये महत र रिजाल हावी हुने गरेका छन् । जे प्रस्ताव आए पनि निर्णय गर्ने बेलामा कोइराला पुलुक्क उनीहरुतिर हेर्छन् ।

मन्त्रीहरु क्याबिनेट चेम्बरमा बसेर अनौपचारिक कुरा गर्दा भन्ने गर्छन्-असक्षम प्रधानमन्त्री, अनुदार अर्थमन्त्री र चलाख मुख्य सचिव भएपछि हाम्रो त के काम ?

‘रामशरणजी के छ यसमा तपाईको धारणा ? महेशजी निर्णय गरौं होइन त ? तपाई भन्नुस् है मिनेन्द्रजी’ एक मन्त्रीले प्रधानमन्त्रीको प्रायःजसो आउने वाक्य उधृत गर्दै भने ‘उनले प्रकाशमान सिंहलाई प्रायः सोध्दैनन्’ ।

धेरै गम्भीर विषयमा छलफल भइरहेका बेला पनि प्रधानमन्त्रीले कतिपय इस्युको भेउ नै पाउँदैनन् । शासन सञ्चालनको यसअघि कुनै अनुभव नभएकाले पनि होला, कोइराला कुनै पनि विषयमा आफ्नो निर्णय सुनाउन सक्दैनन् ।

‘बैठकमा छलफल चलिरहेका बेला बरु प्रधानमन्त्री उँघ्न थाल्छन् तर कुनै हस्तक्षेप वा धारणा हम्मेसी दिँदैनन्’ कांग्रेसकै एक मन्त्रीले भने ‘अस्ति रामशरण महत र विमलेन्द्र निधीको बैठकमै भनाभन हुँदा पनि प्रधामन्त्री निरीह देखिए’ ।

प्रधानमन्त्री आफूमा निर्भर भएको फाइदा उठाउँदै ती मन्त्रीले क्याबिनेटमा अरु मन्त्रीलाई हस्तक्षेप र हेपाहा व्यवहार देखाएको भन्दै  मन्त्रिपरिषद बैठकमै कटाक्ष हुने गरेको बताइन्छ ।

भूकम्पपछिको राहत तथा पुननिर्माणका सन्दर्भमा पनि मन्त्रीहरुले भूमिका देखाउन पाएका छैनन् । बैठकमा जनतालाई अलि सहज र सहुलित हुने निर्णय गरौं भन्दा अर्थमन्त्री बाधक बन्ने गरेको एमालेका मन्त्रीहरु बताउँछन् ।

मन्त्रीहरु क्याबिनेट चेम्बरमा बसेर अनौपचारिक कुरा गर्दा भन्ने गर्छन्-असक्षम प्रधानमन्त्री, अनुदार अर्थमन्त्री र चलाख मुख्य सचिव भएपछि हाम्रो त के काम ?

पछिल्लो समयमा विपत्ति पार लाउने क्षमता प्रधानमन्त्री कोइरालामा नदेखिएको भन्दै कतिपय मन्त्रीहरुले नै राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने खुलेआम बताउन थालेका छन् ।

पछिल्लो पटक शेरवहादुर देउवाले समेत माधवकुमार नेपाललाई भेटेरै कोइरालाबाट पार नलाग्ने बताउँदै अब विकल्प खोज्न प्रस्ताव राखेको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment