Comments Add Comment

दोलखामा एमाओवादीदेखि राप्रपासम्म एकै ठाउँ

१३ जेठ, दोलखा । भूकम्प प्रभावित क्षेत्रमा यतिबेला बिभिन्न राजनीतिक दलका नेता-कार्यकर्ताहरु पुनर्निर्माण अभियानमा जुटेका छन् । तर, दोलखामा भने कांग्रेस, एमाओवादी र राप्रपाका स्थानीय नेता कार्यकर्ता एकै ठाउँमा मिलिजुली काम गरिरहेका छन् ।

Akhil-Krantikari-Dolakha

  • दोलखा भिमेश्वरस्थित सर्ब माविको अस्थायी भवन बनाउँदै एमाओवादी निकट अखिल क्रान्तिकारीको टोली

एमाओवादीका नेता कार्यकर्ताहरु उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा दोलखामा खटिएका छन् । दोलखामा विद्यार्थी, मजदुर तथा भोजपुरा राज्यसमिति अन्तर्गत बारा, पर्सा र रौतहटका कार्यकर्ताहरु पुनर्निर्माणमा जुटेका छन् । तर, एमाओवादीसँगै अन्य दलका कार्यकर्ता पनि खटिएका छन् ।

‘हाम्रो काम र परिश्रम देखेर कांग्रेस र राप्रपाका नेताहरु पनि प्रभावित हुनुभएको छ,’ एमाओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका नेता मदन अर्यालले अनलाइनखबरसँग भने, ‘उहाँहरुको पनि साथ र सहयोग पाएका छौं ।’

अर्यालका अनुसार कांग्रेस निकट शिक्षक संघका दोलखा अध्यक्ष रामजी चौलागाईं र राप्रपाका भीमेश्वर नगरपालिका अध्यक्ष विष्णु श्रेष्ठले एमाओवादी कार्यकर्ताहरुलाई खसी काटेर खुवाएका थिए । उनीहरुले सँगसँगै काम पनि गर्दै आएका छन् ।

Sarba-Mabi-Dolakha-Vimeshwor

एमाओवादी विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्वमा अहिले भीमेश्वर नगरपालिकाको जिलुमा रहेको सर्ब माविको अस्थायी भवन निर्माणको काम भैरहेको छ । प्राविधिक शिक्षालयसमेत रहेको सर्ब माविका ३ वटा भवन भूकम्पले भत्किएका छन् ।

अखिल क्रान्तिकारीसहित एमाओवादी कार्यकर्ताहरुले त्यहाँको भग्नावशेष पन्छाउने, विद्यालयका महत्वपूर्ण कागजपत्र, जस्तापाता, काठ र प्राविधिक औजार निकालेर ९ कोठे अस्थायी भवन बनाइदिएका छन् ।

‘विहीबार अभिभावक भेला बोलाएर विद्यालय जिम्मा लगाउँछौं,’ अर्यालले भने ।

जिलुको सर्ब माविको भवन बनाउन अर्यालको नेतृत्वमा अखिल क्रान्तिकारीका २८ जना, सोम तामाङको नेतृत्वमा मजदुरको ११ जना र भोजपुर राज्यसमितिको टोली ४-५ दिनदेखि सक्रिय छ ।

भूकम्पले भत्किएको दोलखाको भिमेश्वरस्थित सर्ब माविको भवन
भूकम्पले भत्किएको दोलखाको भिमेश्वरस्थित सर्ब माविको भवन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment