Comments Add Comment

नक्कली फेसबुक आईडी बनाएर महिलालाई दुर्व्यहार गर्ने समातिए

१३ जेठ, काठमाडौ । सामाजिक सञ्जाल फेसबुकको नम्कली आईडी बनाएर महिलामाथि दुर्व्यहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

thieft arrestedमहिलाको नाममा नक्कली आईडी बनाएर सोहीमार्फत अश्लिल म्यासेज पोष्ट गर्ने, पीडित महिलाहरुसँग यौन आकांक्षा राख्ने र मोबाईलको रिचार्ज कार्ड नम्बर माग गर्नेजस्ता काम गर्दै आएका काठमाडौको नागार्जुन नगरपालिका ८ बस्ने ३३ वर्षीय उत्तम खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

खड्काले आफ्नो माग पूरा नगरे पीडितहरुको नाङ्गो तस्विर तथा भिडियो पोष्ट गरिदिन्छु भनी धम्किपूर्ण म्यासेज पठाउने गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका खड्कालाई विद्युतिय कारोवार ऐन अन्तर्गत कारबाही हुने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment