Comments Add Comment

एनआरएनको पहिलो चरणको राहत कार्यक्रम ओखलढुंगा पुगेर टुंगियो

ओखलढुंगा । नेपालमा भूकम्प आएलगत्तै उद्धार तथा राहत वितरणमा सक्रिय रहेको गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदले आफ्नो पहिलो चरणको कार्यक्रम ओखलढुंगामा राहत वितरण गरी टुंगाएको छ ।

NRN-Okhaldhungaओखलढुंगाका लागि राहत वितरण संयोजक एसी शेर्पासहित एनआरएन उपाध्यक्ष टिबी कार्की तथा एनआरएन बहराइनका सल्लाहकार श्याम तामाङको टोलीले भूकम्प पीडितका लागि प्रमुख जिल्ला अधिकारी विशाल भट्टराईलाई राहत सामाग्री हस्तान्तरण गरे ।

सो अवसरमा एनआरएनको टोलीले त्रिपाल १ सय २५ थान, ट्रेकिङ टेन्ट ५५ थान, कम्बल ३ सय ५० थान, माक्स १० हजार थान, मोजा १० हजार थान, रेडिमेट कपडा ६ सय थान राहत स्वरुप प्रदान गरेको थियो ।

राहत सामाग्री प्रदान गर्दै सोलुखुम्बुका समेत संयोजक रहेका एसी शेर्पाले ओखलढुंगामा भूकम्पबाट बढी पीडित हुन पुगेका जिल्लाका पश्चिमी क्षेत्रमा सो राहत सामाग्री पुर्‍याउन प्रमुख जिल्ला अधिकारी भट्टराईलाई आग्रह गरे ।

सिन्धुपाल्चोकका राहत वितरण संयोजकसमेत रहेका श्याम तामाङले भूकम्प प्रभावित विभिन्न जिल्लामा एनआरएनको टोलीले राहत वितरण कार्य सम्पन्न गरेको बताउदै अब मुलुकको पुनर्निर्माणमा आफूहरु जुट्ने बताए ।

यस्तै एनआरएनका उपाध्यक्ष कार्कीले एनआरएनको पहिलो चरणको राहत सामाग्री ओखलढुंगामा राहत वितरण गरेसँगै अन्त्य भएको घोषणा गरे । अब दोश्रो चरणको कार्यक्रम अन्तर्गत पीडितहरुको पुनर्वास तथा मुलुक पुनर्निर्माणमा गैरआवासीय नेपाली संघ लाग्ने बताए ।

राहतसामाग्री बुझ्दै ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी विशाल भट्टराइले अन्य जिल्ला भन्दा ओखलढुंगामा भूकम्पको प्रभाव कम देखिएपनि यहाँ धेरै क्षति पुगेको बताए । उनले बढी प्रभावित जिल्लाको पश्चिमी क्षेत्रमा एनआरएनले प्रदान गरेको राहत सामाग्री पुर्‍याउने समेत प्रतिवद्धता समेत जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment