Comments Add Comment

यस्तो छ सलमानको ‘बजंरगी भाइजान’ (भिडियो)

bajrangi-baijan
यो बर्ष बलिउडमा चलचित्रको व्यापार औषत छ । बर्षको ५ महिना वितिसक्दा कुनै पनि चलचित्रले १ सय करोडको आँकडा छोएका छैनन् । यसैले पनि यो बर्ष १ सय करोड कमाउने पहिलो चलचित्र कुन होला भन्ने प्रतिक्षा गरिएको छ ।

यही भिडमा सय करोड क्लबका राजा नै मानिने बलिउड नायक सलमान खानको नयाँ चलचित्र ‘बजरंगी भाइजान’को टिजर सार्वजनिक गरिएको छ ।

करिब १ मिनेट ३० सेकेन्ड लामो टिजरमा सलमान खान बजरंगीको भक्तको रुपमा देखिएका छन् । पाकिस्तानबाट भारतमा आएर हराएकी एक बालिकाको कथामा यो चलचित्र घुमेको टिजरमा देख्न सकिन्छ ।

कविर खानले निर्देशन गरेको यो चलचित्र ईदमा प्रदर्शनमा आउँदैछ । चलचित्रमा करिना कपुर, नवाजुद्दिन सिद्दिकीको पनि मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment