Comments Add Comment

तेम्बाथानबाट फर्किँदै थियो माउन्टेन एयरको हेलिकोप्टर

Helicopter-Crash

  • दुर्घटनास्थलमा माउन्टेन हेलिकोप्टरको टुक्रा । तस्वीर सौजन्य : एपीएफ

१९ जेठ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको यमुनाडाँडामा दुर्घटनाग्रस्त भएको माउन्टेन एयरको हेलिकोप्टर गुम्बा गाविसको तेम्बाथानबाट काठमाडौं फर्किदै गरेको स्थानीय प्रशासनले जनाएको छ ।

सिन्धुपाल्चोकको क्षेत्र नम्बर २ मा पर्ने गुम्बा गाविसको तेम्बाथानमा राहत तथा स्वास्थ्य सेवा प्रदान गरेर फर्किएको टिम हेलिकोप्टर दुर्घटनामा परेको हो ।

भूकम्पबाट सबैभन्दा बढी क्षति भएको र अधिकांश बस्ति नै सिद्धिएको गुम्बा गाविसबाट फर्किएको हेलिकोप्टरले काठमाडौं विमानस्थलमा अन्तिमपटक २ बजेर ३७ मिनेटमा सम्पर्क गरेको थियो ।

त्यसपछि सम्पर्कविहीन भएको हेलिकोप्टर बलेफी पारि यमुनाडाँडा गाविसको शीला पर्वतमा खसेको थियो । निकै होचो दूरीबाट उडिरहेको विमान एक्कासी खिम्ती र भोटेकोशी जलविद्युत आयोजनाको केन्द्रीय प्रसारण लाइनको २३३ केभीए प्रसारण लाइनको तारमा ठोक्किएको प्रत्यक्षदर्शी एमाले नेता अरुण नेपालले बताए ।

थप तस्वीर हेर्नस्

Mountain aIr Helicopter-Crash (4) Mountain aIr Helicopter-Crash (5)   Mountain aIr Helicopter-Crash (9) Mountain aIr Helicopter-Crash (8)

तस्वीर सौजन्य : एपीएफ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment