Comments Add Comment

कामकाजी महिलाका छोरीहरुले पाउँछन् राम्रो जागिर

working_woman1

गृहिणी महिला भन्दा कामकाजी महिलाका छोरीहरुको करिअर उत्कृष्ट रहने एक अध्ययनले देखाएको छ । अमेरिकाको हार्वर्ड विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार कामकाजी महिलाका छोरीहरुले समेत राम्रो जागिर पाउँछन् । उनीहरुले राम्रो काम पाउने तथा करिअर सफल हुनुमा आफ्ना दाजुभाइको भूमिका तथा सहयोग समेत महत्वपूर्ण हुने गरेको छ ।

विभिन्न २४ वटा देशमा गरिएको यो अध्ययनकी मुख्य शोधकर्ता क्याथलिन म्याकगेनका अनुसार जागिर गर्ने महिलाहरु प्रायः आफ्ना छोराछोरीको भविष्यका विषयमा सधै जागरुक तथा चिन्तनशील हुन्छन् ।

अन्तराष्ट्रिय सामाजिक सर्भे कार्यक्रम अन्तरगत २००२ देखि २०१२ सम्मको तथ्यांकको विश्लेषणका आधारमा निकालिएको निष्कर्ष अनुसार कामकाजी महिलाहरुका छोरीहरुले आफ्ना समकक्षी गृहिणी महिलाका छोरीहरुले भन्दा जागिरमा ४ प्रतिशत बढि कमाइ गर्दछन् ।

Working-women

अध्ययनमा पाइए अनुसार कामकाजी महिलाका हरेक तिनमा एक जना जना छोरी म्यानेजर तहको पदमा जागिर गर्थे । जबकी त्यो तहको पदमा पुग्ने घरायासी महिलाका छोरीहरुको संख्या भने ४ जनामा एक जना मात्र थियो ।

शोधकर्ता भन्छिन्, ‘नतिजाले के बताउँछ भने कामकाजी महिलाहरु आफ्ना छोरीलाई यस्तो सीप तथा ज्ञान सिकाउँछन् जसले उनीहरुलाई भविष्यमा नेतृत्वदायी पदमा सफल बनाउँछ ।’

यद्यपि जागिरदार महिलाका छोरीहरुको करिअर बढि सफल रहने तथ्य पत्ता लागेपनि छोराहरुको सफलताको विषयमा भने कुनै उल्लेखनीय सम्बन्ध देखिएन । तथापि कामकाजी महिलाका छोराहरु बढि सकारात्मक मानसिकता हुने र उनीहरुले आफ्नो परिवारको हेरचाहमा बढि समय बिताउने गरेको पाइयो ।

विश्वमा महिलाहरु श्रम क्षेत्रमा प्रवेश गर्ने अर्थात् अर्थोपार्जन गर्ने क्रम तिब्रगतिमा बढिरहेको भएपनि पुरुषहरुले घरायासी काममा सघाउने वा संलग्न हुने क्रम पनि सुस्त रहेको अध्ययनको निष्कर्ष छ । घरको काममा महिलाहरुमाथि अधिक बोझ हुने भएकाले सार्वजनिक जिवनमा उनीहरुको विकल्प समेत सिमित हुने गरेको छ । -बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment