Comments Add Comment

एन्फा अध्यक्षमा गणेश थापा फर्किए

ganesh thapa  (3)

१३ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अलग भएका गणेश थापा फेरि अध्यक्ष पदमा फर्किएका छन् । संविधानसभा सदस्य समेत रहेका थापाले आइतबार एन्फाको कार्यसमिति बैठकको अध्यक्षता गरेका छन् ।

भ्रष्टाचारको आरोपमा संसदको सार्वजनिक लेखा समितिले पद स्थगन गर्न भनेपछि थापा गत कात्तिक ३ गते एन्फाबाट अलग भएका थिए । लगतै फिफाले पनि उनलाई १२० दिन फुटबलसँग सम्वन्धित गतिविधिमा भाग लिन नपाउने गरी प्रतिवन्ध लगाएको थियो ।

थापाको अनुपस्थितिमा वरिष्ठ उपाध्यक्ष ललितकृष्ण श्रेष्ठ कार्यबाहक अध्यक्ष बने । तर, श्रेष्ठको करेन्ट लागेर जेठ २९ गते राति निधन भयो ।
श्रेष्ठको निधनपछि १३ दिनसम्म शोक मनाएको एन्फाको बैठक आइतबार बसेको थियो ।

बैठकको अध्यक्षता थापाले गरेका छन् । एन्फाका अधिकारीहरु थापाले गत बिहीबार नै पदबहाली गरेका थिए । थापाले तीन महिनाका लागि घोषणा गरेको तीन महिनाको भोलेन्टरी सस्पेन्सन असार ४ मा सकिएको थियो ।

एन्फाको बैठकले स्व. ललितकृष्ण श्रेष्ठको छोरा छोरीको अध्ययनका लागि मासिक ५० हजार उपलब्ध गराउने निर्णय गरेको छ । उच्च शिक्षा हासिल नगरेसम्म यो सहयोग उपलब्ध गराइने एन्फाले जनाएको छ ।

बैठकले एन्फाको साधारणसभा भदौ १६ मा गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment