Comments Add Comment

साँफे मार्तडी सडक खण्ड अवरुद्ध

१६ असार, बाजुरा । निर्माण कार्य सुरु भएको २० वर्षसम्म पनि निर्माण पूरा नभएको साँफे मार्तडी सडक खण्ड फेरी अवरुद्ध भएको छ । बर्षादको पानीले सडक बिगि्रएको र खोलामा पानीको बहाव बढेपछि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा बससेवा बेतालमाण्डौ मै रोकिएको छ । ५७ किलोमिटर दुरी रहेको सडक यसैसाताबाट अवरुद्ध भएको हो ।

साँफे मार्तडी नाम दिएको सडकखण्डमा अझै पहिलो चरणको निर्माण कार्य पुरा भएको छैन् । सडक डिभिजन कार्यालयले अछामको साँफेबगरबाटै काम कारबाही सञ्चालन गर्ने गरेको छ ।

कार्त्तिकबाट असार पहिलो सातासम्म तिपाडामा बस पुग्ने गरेपनि बर्षाद सुरु भएदेखि बन्द हुने गरेको छ ।

दलका नेतालाई गरिखाने भाँडो

यो सडकमा हालसम्म १ अर्व बढी रकम खर्च भएको तथ्याङ्क सडक डिभिजन कार्यालयले दिएको छ । सरकारले प्रत्येक वर्षको बाषिर्क बजेटमा सम्बोधन गर्ने गरेको छ ।

साँफे मार्तडी सडकखण्ड डिभिजन कार्यालयका कर्मचारी र केहि दलका नेताहरुका लागि खेतीपाती जस्तै बनेको छ । बुढी गंगा लगायत, पाँच वटा स्थानमा पुल निर्माण गर्नु पर्ने भएपनि सबै अधुरा जस्तै देखिएका छन् । जिल्लाबासीले आन्दोलन गरेर बेलिबि्रज निर्माण गरिएपनि २५ किलोमिटर बाटोमा ट्याक्टर बोहकका सधान चल्न सकेका छैनन् ।

पुल उद्घाटन नहुँदा समस्या

बार्जुगाडमा पुल निर्माण गरेको एक महिना बितेपनि औपचारिक रुपमा उद्घाटन नहुँदा बेतालमाण्डौमै बस रोकिने गरेको छ बस व्यवसायीले बताएका छन् । बषर्ाले सडक ठाउँठाउँमा भासिएको, भत्किएको, पहिलो र ढुंगाले पुरिएको अवस्था छ ।

ज्यानको जोखिम लिएर जिप ट्याक्टर सञ्चालन गरेपनि आम्दनीभन्दा बढी मर्मत मै खर्च हुने गरेको जिप चालक भरत खड्काले बताए । बाजुराको तिपाडामा भेरी, महाकाली र सुदूरपश्चिम यातायातका बसहरु आउने गरेका थिए । सेवा बेतालमाण्डौ रोकिएपछि यात्रुहरुलाई मार्तडीबाट एक दिनको पैदन दुरी पार गर्नु पर्ने बाध्यता छ । छिटो सम्पन्न गर्न नसकेको स्वीकार गर्ने गरेका छन् ।

खच्चड समेत चल्दैन
बर्षादमा समान ढुवानीका लागि खच्चड समेत नचल्ने भएकोले स्थानीय बजारमा समानको अभाव र महँगी बढ्ने गरेको छ । व्यापारीहरुले अधिकांश समान स्टक गरेर राखिसकेका छन् ।

त्यो समान सस्तो दरमा ढुनावी गरिएपनि साउन भदौमा दोब्बर बढी मूल्यमा विक्री गर्ने गरेका छन् । बाटो अवरुद्ध हुँदा बाजुरा लगायत हुम्ला, मुगु, कालीकोट गाविसका सर्वसाधारण समस्या भएको छ । जिल्लामा विमान सेवा पनि अवरुद्ध छ । आपतकालिन विरामी, सुत्केरी लगायत जटिक खालका विरामीको उपचारमा पनि समस्या हुने गरेको छ ।
मदनराज जोशीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment