Comments Add Comment

एनआरएन अष्ट्रेलिया आईसीसीमा १० उम्मेदवारी

सिड्नी । एनआरएन अष्ट्रेलिया आइसीसीको पाँच स्थानका लागि १० जनाको उम्मेदवारी परेको छ । एनआरएन अष्ट्रेलियाको जुलाई ४ मा निर्वाचन हुँदैछ ।

एनआरएन अष्ट्रेलिया आइसीसीको पाँच स्थानका लागि दश जना प्रतिष्पर्धीहरू मध्ये केशव सापकोटाले पनि उम्मेदवारी घोषणा गरेका छन् ।

केशव सापकाेटा
केशव सापकाेटा

सन् २००५ देखि एनआरएनमा सक्रिय सापकोटाले २००९ देखि कार्यसमितिमा रही काम गर्दै आएका छन् ।

विधानतः हजार जना सदस्य बरावर एक जना आइसीसी मेम्वर बन्न पाउँछ । त्यसकारण एनआरएन अष्ट्रेलियाको भागमा पाँच जना पर्दछ ।

भूकम्पका कारण तहस नहस बनेको नेपालको पुनःनिर्माणका लागि र अन्तर्राष्ट्रिय तहबाट त्यसको समन्वय र सहयोगका लागि आफूले पहल गर्ने सापकोटाले प्रतिवद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment