Comments Add Comment

ऋणपत्रमा आठ प्रतिशत व्याज दिने एभरेष्ट बैंको घोषणा

everest-bank१७ असार, काठमाडौं । एभरेष्ट बैंकले बुधबारदेखि ६० करोड रुपैयाँ बराबरको ऋणपत्रको बिक्री खुल्ला गरेको छ । ८ प्रतिशत व्याज दिनेगरी निष्काशन गरिएको उक्त ऋणपत्रमा आगामी असार २४ गतेसम्म लगानी गर्न पाइनेछ ।

प्रतिकित्ता एक हजार रुपैयाँ पर्ने ऋणपत्रको भुक्तानी अवधि ६ वर्षको रहने बैंकले जनाएको छ । सम्पुर्ण निष्काशनमध्ये ३० हजार कित्ता सामुहिक लगानी कोषका लागि र ४ लाख ८० हजार कित्ता ब्यक्तिगत लगानीकर्ताका लागि छुट्याइएको बैंकले जनाएको छ ।

त्यसैगरी सर्वसाधारणले ९०,००० कित्ताको लागि दरखास्त दिन सक्नेछन् र लगानीकर्ताहरुले कम्तीमा २५ कित्ताको लागि दरखास्त दिनु पर्नेछ । यस प्रयोजनका लागि बिक्री प्रबन्धककोरुपमा बैंकले नबिल इन्भेष्टमेन्ट बैकिङलाई नियुक्त गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृतले ऋणपत्र दिर्घकालीन बित्तिय स्रोतमध्येको एक रहेको जसले संस्थाको दीर्घकालिन योजना तथा निर्णय प्रकियामा महत्वपूर्ण भुमिका खेल्ने बताए । यो ऋणपत्र सुरक्षित लगानीको आधार मात्र नभई आकर्षक र निश्चित प्रतिफल प्रदान गर्ने कुरा उनले स्पष्ट पारे ।

एभरेष्ट बैंकले हाल आफ्ना ५३ वटा शाखाहरु, ५ एक्सटेन्सन काउन्टर, २४ राजस्व संकलन काउन्टर र ८० एटिएम तथा बृहत बाहृय सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment