Comments Add Comment

सहकारी संस्थामार्फत बङ्गुरपालन

१७ असार, धुन्चे । उन्नत तरिकाले पालनकार्यमा जागरण ल्याई ग्रामीण समुदायको आय वृद्धिमा टेवा पुर्यायाउने उद्देश्यले दक्षिणी रसुवामा सहकारी संस्थामार्फत बङ्गुरपालन कार्य सुरु गरिएको छ ।

जिल्लाको भोर्ले गाविसको सानो किसान र धैवुङ गाविसको बहुउद्देश्यीय सहकारी संस्थामार्फत नमुना बङ्गुरपालन कार्य सुरु गरेको र यहाँ उत्पादित पाठा ग्रामीण विपन्न किसानमाझ पु¥याई जीवनस्तर उकास्ने लक्ष्य रहेको छ ।

बीउ पुँजीका रुपमा केन्द्रीय कार्यनीतिअनुरुप दामासाही रुपमा रु १६ लाख ६० हजार पशुसेवा विभागले ती सहकारीलाई उपलब्ध गराएको र ल्यान्डरेस र योगसायर जातका एक सयवटा बङ्गुर पालन सुरु भइसकेको पशुसेवा कार्यालय धैवुङका प्रमुख बुद्धिनाथ न्यौपानेले जानकारी दिए ।

यस्तै सुत्केरी र गर्भवती महिलाका लागि पशुजन्य पोषण व्यवस्था मिलाउन धैवुङको कटुन्जे क्षेत्रमा ‘शुआहारा’ कार्यक्रमअन्तर्गत कुखुरा पालन कार्य गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment