Comments Add Comment

ग्रान्डीमा अत्याधुनिक कोवलेशन प्रबिधिबाट टन्सिलको शल्यकृया

Grande-International-Hospital

राजधानीको धापासीमा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा अत्याधुनिक कोवलेसन प्रबिधि प्रयोगगरी टन्सिलको शल्यकृया गरिएको छ । यो नेपाल मै पहिलोपटक भएको अस्पतालले दावी गरेको छ ।

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको नाक कान घाँटी बिभागका चिकित्सकहरु डाक्टर प्रकाश काफ्ले र डाक्टर आनन्द घिमिरेको टोलीले ११ बर्षिय सुजन लामाको टन्सिलको शल्यकृया कोवलेसन प्रबिधिबाट गरेका हुन् ।

कोवलेसन प्रबिधिमा रेडियो फ्रिक्वेन्सी प्रयोग हुने भएकाले शल्यकृयाको समयमा दुखाइ कम हुनुका साथै समय पनि कम लाग्ने, रक्तश्राव शून्य वरावर हुने र घाउ समेत चाँडै निको हुने लामाको उपचारमा संलग्न ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका नाक कान घाँटी बिभागका प्रमुख डाक्टर प्रकाश काफ्लेले जानकारी दिए ।

अत्याधुनिक कोवलेसन प्रबिधि नेपालमा नै पहिलोपटक ग्रान्डी अस्पतालमा प्रयोग भएको हो । यस प्रबिधिवाट टन्सिल, एडेनोइड बढेको नाक र निन्द्रामा घुर्ने समस्याको शल्यकृयाबाट उपचार गर्न सकिने र यो प्रविधि स्वर यन्त्रको शल्यकृयामा समेत प्रयोग हुने नाक कान घाँटी बिभागका डाक्टर आनन्द घिमिरेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment