Comments Add Comment

‘सायद २’का लागि कलाकार होइन, निर्देशकको नै अडिशन

sayad
चलचित्र विकास बोर्डले निर्देशक र निर्माता बन्नका लागि मापदण्ड लागू गरेको छ । यसैले पनि अब जो पायो त्यही निर्माता र निर्देशक बन्ने प्रथाको अन्त्य हुने धेरैको विश्वास छ । हुनत, यो मापदण्डको विरोध पनि भैरहेको छ ।

विकास बोर्डले निर्देशकको मापदण्ड बनाइरहेको बेला दुर्गिस फिल्मस्ले भने आफ्नो नयाँ चलचित्रका लागि निर्देशकको नै अडिशन लिने बताएको छ ।

निर्माता सुनिल रावलका अनुसार चलचित्र ‘सायद २’का लागि निर्देशक छनोट गर्न लागिएको हो । यसरी छनोट गर्दा चलचित्र बजारमा वुझेको र केही गरौ भन्ने भावना भएको निर्देशक आउने सुनिलको विश्वास छ ।
यसअघिको सफल चलचित्र ‘सायद’को सिक्वेलको रुपमा यसको निर्माण हुन लागेको हो ।

चलचित्र निर्देशन गर्न चाहने निर्देशकले दुर्गिस फिल्मस्मा सम्पर्क गर्न सक्ने सुनिलको भनाई छ । दुर्गिस ब्यानर चलचित्र क्षेत्रमा सफल चलचित्र दिने चलचित्र कम्पनीको रुपमा परिचित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment