Comments Add Comment

धादिङमा किन पक्राउ परे कोमल, केदार र जितु ?

magne-kedar-police
यूनिसेफको सहयोगमा रेडियोे नेपालवाट प्रशारण हुँदै आएको कार्यक्रम ‘भन्दै सुन्दै’मा सहभागी कलाकारलाई धादिङ प्रहरीले सोधपुछ गरेर छाडेको छ । गायिका कोमल वलि, हाँस्य कलाकार केदार घिमिरे र जितु नेपालसँग प्रहरीले सोधपुछ गरेको थियो ।

आयोजक संस्थाले कार्यक्रमवारे पुर्वसूचना दिन बिर्सेकाले सीडीओ कार्यलयले आफुहरुलाई बोलाएको गायिका कोमल वलीले जानकारी दिईन् । ‘जिल्लामा कार्यक्रम हुँदा सीडीओ र प्रहरीले चासो राख्नु स्वभाविक हो हामीलाई पनि प्रहरी प्रमुख र सीडीओ सापले सोध्नु भयो ।’ अनलाईनखबरसँग कुरा गर्दै कोमलले भनिन् ।

नीलकण्ठ उच्चमावि प्राङ्गणमा कार्यक्रम भएको थियो भने कार्यक्रम सकिएपछि सहभागी कलाकारसँग प्रहरीले सोधपुछ गरेको थियो । भूकम्प प्रभावित वालवालिकाको लागि सुरु भएको ‘भन्दै सुन्दै ‘कार्यक्रम नुवाकोट, धादिङ, गोरखा लगायतका जिल्लामा सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment