Comments Add Comment

बनेपास्थित लुम्बिनी बैंकको शाखा सर्‍यो

२२ असार, काठमाडौं । लुम्बिनी बैंक लिमिटेडले काभ्रेको बनेपास्थित शाखा कार्यालय स्थानान्तरण गरेको छ । बैंकले बनेपाकै नयाँ भवनमा शाखा कार्यालय सारेको हो ।

Prakash-Shresth,-Lumbini-Ba

यसअघि शाखा कार्यालय रहँदै आएको भवन भूकम्पले क्षति पुगेकाले नयाँ भवनमा सारिएको लुम्बिनी बैंकले जनाएको छ ।

नयाँ भवनमा सारिएको शाखा कार्यालयको उदघाटन सोमबार बैंकका सञ्चालक समिति अध्यक्ष प्रकाश श्रेष्ठले गरे । उक्त शाखाबाट समस्त ग्राहकहरुले सम्पूर्ण बैकिङ सुविधा पाउने छन् ।

लुम्बिनी बैंकले १८ शाखा मार्फत आफ्ना ग्राहकवर्गलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

आर्थिक वर्ष ०७१/७२ कोे तेस्रो त्रैमासिकको अन्त्यमा लुम्बिनी बैंकको कुल निक्षेप १८.६४ अर्व छ । कुल कर्जा १६.७५ अर्व तथा खुद मुनाफा २४.६७ करोड रहेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment