Comments Add Comment

नेपालका लागि काम गर्दै सन्नी लियोनी, भनिन्-‘चाडै भेटौला’

sunny-leone

बलिउड नायिका सन्नी लियोनी यसअघि २ पटक नेपाल आइसकेकी छिन् । सायद, यसैले होला उनको मन नेपालमै बसेको छ ।
सन्नीले आफ्नो फेसबुक पेज मार्फत फेरि नेपाल आउन लागेको बताएकी छिन् । सन्नीले फेसबुकमा लेखेकी छिन्-‘नेपालका लागि विशेष केही काम गरिरहेकी छु । चाडै नै भेटौला, नेपाल ।’

सन्नी लियोनीले आफूले नेपालका लागि विशेष के काम गरिरहेको छु भनेर खुलाएकी छैनन् । सायद, उनले नेपालका भूकम्प पीडितका लागि केही काम गरिरहेको हुनसक्छ ।sunny-facebook-page

यसअघि आउँदा नेपालको सुन्दरतालाई विश्वमै उत्कृष्ट भनेर दाँजेकी सन्नी लियोनीले यसपटक भने नेपालका लागि विशेष केही गरिरहेको बताएकी हुन् ।

बलिउडमा चलचित्र र आइटम नृत्यका कारण चर्चामा आएकी सन्नीको नेपालसँग पनि लगाव बढ्दै गएको छ । जसका कारण पनि उनी तेश्रो पटक नेपाल आउन लागेकी हुन् । सन्नीका नेपालमा पनि फ्यानहरु धेरै छन् ।

सन्नी पहिलो पटक काठमाण्डौको सोल्टी होटलमा आयोजना भएको एक कार्यक्रममा सहभागी हुन नेपाल आएकी थिइन् । यसपछि उनी नयाँ बर्षको कार्यक्रममा नेपाल आएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment