Comments Add Comment

संविधानसभामै विद्रोह गर्न जनजाति सभासदलाई बाबुरामको चुनौती

Baburam-Bhattrai
१२ साउन, काठमाडौं । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले संविधानसभाभित्रै विद्रोह गर्न जनजाति सभासदहरुलाई चुनौती दिएका छन् ।

संविधानका पहिलो मस्यौदामाथि जनजाति अगुवा तथा सभासदहरुको धारणा बुझ्न भट्टराइले मंगलबार सिंहदरबारमा छलफल आयोजना गरेका थिए ।

अधिकांश सहभागीले मस्यौदा विगतको सहमति विपरित भएको र यसले अन्तरिम संविधानमा नै लिपिवद्ध गरिएका जनजातिको अधिकार समते खोसेको बताए । मस्यौदा पुनर्लेखन गर्नुपर्ने भन्दै उनीहरुले अहिलेकै मस्यौदा संविधान जारी भए जातिय युद्ध हुनसक्ने चेतावनी दिए ।

जवाफमा भट्टराईले अग्रगमनको पक्षमा रहेकाहरु पार्टीको घेराबाट माथि उठेर मुद्धा केन्द्रीत भए जनजाति लगायतका समुदायको धेरै अधिकार सुनिश्चित गर्न सकिने बताए । ‘जनजाति साथीहरुलाई आग्रह छ, जनजाति अरुका लागि लडेर बहादुर भनेर चिनिएका छन् । आफ्नो अधिकारका लागि बहादुर हुने कि नहुने’ उनले भने-उत्पीडतहरु एक ठाउँमा उभिनुस्, म तपाईहरुको साथमा हुन्छु ।’

राप्रपा नेपाल र राजावादीले दिनदिनै प्रदर्शन गरिरहेको देखेको भन्दै उनले संविधानसभामा विद्रोह गर्न र १ लाखलाई सडकमा उतार्न जनजातिहरुलाई चुनौती दिए । उनले भने-तपाईहरु पनि गर्नुस्। १ लाख मानिस उतार्नुस्, संविधानसभाको स्वरुप नै फरक हुन्छ ।’

कांग्रेस र एमालेबाट सभासद मनोनित भएका जनजाति नेताहरुप्रति लक्षित गर्दै भट्टराईले भने-‘नेताहरुले टिको लगाएर सभासद बनाएका छन्, खुस्किन्छ कि भन्नु हुन्छ भने मेरो केही लाग्दैन ।’

उनले एमाओवादीलाई मात्र दोष नदिन आग्रह गरे । पहिलो संविधानसभामा बुद्धि नपुगेको र दोस्रोमा शक्ति क्षण भएको भन्दै उनले अहिले शक्ति सन्तुलन उत्पीडकको पक्षमा गएको बताए ।

अलिकति अग्रगामी संविधान बन्छ भने त्यसमा टेकेर अघि बढ्न सकिन्छ भनेर सम्झौता गएकिए तर, संविधानको मस्यौदा बनाउने क्रममा समस्यौदा समितिले उत्पीडित वर्गको अधिकार छानी छानी ताछेको बताए ।

सम्वाद समितिका सभापति भट्टराईले जमै उपलब्धी गुमाएर आत्मसमर्पण नगर्ने भन्दै भने-आत्मसमर्पणको दस्ताबेज बन्छ र ०४७ को संविधानमा गाता फेरेर बन्छ भने म हस्ताक्षर गर्दिन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment