Comments Add Comment

क्षेत्री समाज र खस क्षेत्री नेपालद्वारा आन्दोलनको चेतावनी

१२ साउन, काठमाडौं । क्षत्री समाज नेपाल र संयुक्त खस क्षत्री नेपालले १४ बुँदे माग अघि सार्दै आफूहरुको माग तत्काल संबोधन नगरे आन्दोलनको चेतावनी दिएका छन् ।

chetri-(1)

मंगलबार रिपोर्टर्स क्लबमा संयुक्त पत्रकार सम्मेलन गरी आफूहरुको पहिचान लगायतका विषय नयाँ बन्ने संविधानमा समावेश नगरिए आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका हुन् ।

पत्रकार सम्मेलनमा दुबै संस्थाका संरक्षक एवम् नागरिक अगुवा हिमालय शमसेर राणाले नयाँ संविधानमा हिन्दु राष्ट्र नलेखिए सबै क्षत्रीहरु मिलेर आन्दोलन गर्ने चेतावनी दिए ।

क्षत्री समाजका अध्यक्ष प्रा.डा चन्द्रबहादुर थापाले अलग अलग भएर रहँदा आफूहरुको मागको सुनवाई नभएको भन्दै अब दुई जातीय संस्था एक भएपछि आन्दोलनकै बलमा समेत माग स्थापित गर्न सकिने बताए ।

संयूक्त खस क्षत्री नेपालका अध्यक्ष मानबहादुर थापाले आफूहरुलाई अदिवासीमा सूचिकृत नगरे र धर्मसँस्कृतिको रक्षा नगरे आन्दोलनमा जाने चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment