Comments Add Comment

नेपालमा सुटिङ गर्ने अजयको इच्छा

ajay

मुम्बई । अहिले प्रदर्शन भइरहेको चलचित्र ‘दृष्यम’का अभिनेता अजय देबगणले नेपालमा सुटिङ गर्न इच्छा रहेको बताएका छन् । सानो छँदा नेपाल आएको भन्दै उनले नेपाल जाने योजना बनाइरहेको पनि बताए ।

बलिउड हंगामा डटकमसँगको भिडियो कुराकानीमा उनले सिंघम-३ र गोलमाल-४ को सुटिङ नेपालमा गर्न चाहेको बताए । ‘नेपालमा सुटिङ गर्ने विषयमा हामीले योजना बनाईरहेका छौं ।’ उनले कुराकानीका क्रममा भने । अभिनेत्री तब्बुले पनि नेपालमा सुटिङ गर्नेमा सहमति जनाइ सकिन् ।

फिल्मको प्रचार प्रशारको शिलसिलामा गरिएको अन्तर्वातामा ‘दृष्यम’ राम्रो चलचित्र बनेको दाबी पनि गरे ।

पछिल्लो समय धेरै बलिउड निर्देशकले नेपालमा सुटिङका लागि चासो दिन थालेका छन् । अक्षय कुमार अभिनित बेबीको केही दृष्य काठमाडौंको ठमेल र भक्तपुरमा सुटिङ गरिएको थियो ।

बलिउड कलाकारको नेपाल आगमन पनि बाक्लिन थालेको छ । शाहरुख खान, आमिर खान जस्ता ठूला स्टार नेपाल आएका छन् भने शत्रुघन सिन्हा, अमिताभ बच्चन, अनुपम खेर जस्ता कलाकारहरु बेला बेलामा सुटुक्क नेपाल आउने गरेका छन् ।

केही मल्टिनेशनल कम्पनिको निम्तोमा पि्रयंका चोपडा, रबीना टण्डन, ऐश्वर्या राय, माधुरी दीक्षित लगायतका नायिका नेपाल आएका छन् । हटस्टार सन्नी लियोनीले तस्रो पटक नेपाल आउन लागेको जानकारी फेशबुक मार्फत दिइसकेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment