Comments Add Comment

मलाई थाह छ रोमान्टिक कसरी बनाउनुपर्छः तब्बु

Tabu-hot-pic-1जीबनसाथी छान्न ढिला गरें जस्तो लाग्दैन ?

म अहिलेसम्म सिंगल छु । प्राय ईभेन्ट र कार्यक्रममा पनि एक्लै जाने आउने गर्छु । शायद त्यही कारण होला गसिपलाई च्यानलले मेरो वारेमा कुनै मसला पाउँदैनन् ।
मलाई अचम्म लाग्छ । बेला बेलामा मेरो एक्लोपनलाई बडो रहस्य बनाएर प्रस्तुत गरिन्छ कतिपय मिडियामा । मैले एक्लो भएरै रोमान्टिक जीबन बिताईरहेकी छु । तर, कतिपय मिडियाले लेखेका हुन्छन् ‘एक्लो भएकाले नीरश जीवन बाँच्दै छे तब्बु’ ।

जीबनलाई कसरि रोमान्टिक बनाउनुपर्छ मलाई राम्रोसँग थाह छ । मैले कसैसँग प्रेम वा विवाह गरेको भएपनि मेरो जीबनशैलि अहिलेको भन्दा फरक हुने थिएन । खास कुरा त मेरो जीबनशैलि असाध्यै सामान्य छ । मेरो वारेमा जसले जतावाट खोजेपनि नयाँ कुरा केही भेटिँदैन ।

ग्ल्यामर उद्योगमा आएपछि आफ्नो सपनाको वारेमा कहिल्यै सोच्नु भयो ?

फिल्म उद्योगमा आएपछि मैले कहिल्यै सोचिन । रियल लाइफमा मेरो लागि कुनै राजकुमार आउँछ र मलाई साथमा लिएर जान्छ । हाम्रो फिल्म उद्योगमा त्यस्ता धेरै राजकुमार आएका पनि छन् । यसको अर्थ म बिबाहप्रति पुरै नकारात्मक छु भन्ने होइन । विवाह पनि जीवनको एउटा महत्वपूर्ण अवसर हो । यसो भन्दैमा विवाह गर्नैपर्छ भन्ने होईन ।

दृष्यमको पोष्टर र प्रोमो हेर्दा तपाई रिसाहा पुलिसको भूमिकामा हुनुहुन्छ जस्तो छ हो ?

Tabu-Bra-Size-wiki-Hot-Imagesमैले अहिलेसम्म यस किसिमको भुमिका गरेको थिईन । पहिलो पटक जब निर्देशक निशिकान्त कामतले मलाई मेरो भुमिकाको वारेमा भने, मलाई महसुस् भयो । यो भुमिका निकै पावरफूल छ ।

यही भुमिकामा अभिनय गर्ने क्रममा मैले केही नयाँ गरें भने गल्ती पनि हुनसक्छ । मैले इन्ज्वाई चाँही निकै गरें । सुटिङ सकिएपछि पनि मलाई कहिलेकाँही यस्तै सोच आउथ्यो । रियल लाईफमा पनि यस्तै भुमिका पाउन पाए कस्तो हुन्थ्यो होला । फेरी म सोच्थे । रिल र रियल लाईफमा धेरै कुरा फरक हुन्छ ।

प्राय यस्तो भूमिका काम गर्नुअघि कलाकारहरु दिमागमा एउटा चित्र उतार्छन् । तपाईले के गर्नु भयो ?

मैले मलयालममा बनेको दृष्यम हरेको थिँए । त्यो फिल्म एकदमै महत्वपूर्ण थियो । सुटिङको दौरानमा ओरिज्नल दृष्यमको धेरै सिन मेरो दिमागमा आएको थियो ।

फिल्मका लागि तारिफ या बक्स अफिस कलेक्सन ? कुनलाई महत्व दिनुहुन्छ ?

दुबै जरुरी छ । यदि कसैले हाम्रो कामको तारिफ गर्छ भने रमाईलो लाग्छ । अर्को यथार्थ पनि बिर्सन हुँदैन केबल तारीफ गरेकै भरमा कुनै पनि कलाकारको जीबन चल्दैन । किनकी लगानी गर्ने मान्छेले त्यसको प्रतिफल खोज्नैपर्छ । यदि कसैले मलाई बक्स अफिस कलेक्सन जरुरी छैन भन्छ भने त्यो झुठ हो । फिल्म उद्योगका हरेक मान्छेले चाहन्छन ‘मेरो फिल्म हिट होस् र धेरै कलेक्सन गरोस् ।’

तपाईले त अजय देबगणसँग तीन फिल्ममा काम गर्नुभयो । यसपाली लामो समयपछि काम गर्दा अजयमा के के कुरा परिवर्तन भएको पाउनु भयो ?

यो फिल्मको सुटिङ गर्दा मैले अजयमा कुनै पनि परिवर्तन आएको पाईन । तर, सुटिङ गर्नु अघि चाँही मलाई लागेको थियो । अजयमा धेरै कुरा परिवर्तन भयो होला ।
अजय जहिल्यै रोमान्टिक मुडमा काम गर्छन् । उनी सुटिङलाई हरेक दिन पिक्निक जस्तो बनाउन चाहन्छन् । उनको अर्को विषेशता उनी युनिटका हरेक सदस्यलाई साथीको जस्तो ब्यबहार गर्छन् । सबैलाई खुसी बनाएर काम गर्ने उनको वानी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment