Comments Add Comment

नेपथ्यको गीतमा ‘देश र आमा’का कुरा (फोटो फिचरसहित)

Nepathya consort  (9)
ललितपुरस्थित डीएभी स्कुलको प्रांगणमा चर्चित ब्याण्ड ‘नेपथ्य’ले आफ्नो प्रस्तुती दिएको छ । दिनभरिको झरीले चिसो भएको मौसम नेपथ्यले गीत गाउन सुरु गरे लगतै तातेको थियो । नेपथ्यले ‘यस्तो ठाउँमा पनि मान्छे बस्ने हो’ बोलको गीत गाएर प्रस्तुती सुरु गरेको थियो ।

गायक अमृत गुरुङले गीत गाउने क्रममा विच-विचमा देश र आमाभन्दा ठूलो अरु केही पनि नभएकाले यी दुबैलाई माया गरौ भन्ने सन्देश दिएका थिए । उनले आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्नका लागि आग्रह गरे ।

कार्यक्रममा यो चर्चित ब्यान्डले ‘छेक्यो छेक्यो देउराली डाँडा, आज भोली के भयो भयो, चरी मर्‍यो सिसैको गोलीले, जोगले हुन्छ भेट, तालको पानी, रेसम, भेडाको उन जस्तो’ लगायतका अन्य विभिन्न चर्चित गीतहरु प्रस्तुत गरेको थियो । यो ब्यान्डले विश्वका थुप्रै राष्ट्रमा र नेपालभित्र पनि कुनै न कुनै सन्देश बोकेर कार्यक्रम गरेको पाइन्छ । Nepathya consort  (1) Nepathya consort  (4) Nepathya consort  (5) Nepathya consort  (7) Nepathya consort  (8) Nepathya consort  (13) Nepathya consort  (14)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment