Comments Add Comment

सुस्मिता भन्छिन्-‘भूवन मेरो छोराका बाबु हुन्, उनीप्रति मेरो सम्मान छ’

susmita-kc
अलग भएपछि आ-आफ्नै शैलीमा चलचित्र क्षेत्रमा अगाडि बढेका नायक भूवन केसी र कलाकार सुस्मिता बमजम दुबै निर्देशक बन्दैछन् । भूवनले आफ्नै लगानीमा चलचित्र ‘डि्रम्स’को निर्देशन गरिसकेका छन् भने सुस्मिता पनि अब निरन्तर चलचित्र बनाउने तयारीमा लागेकी छिन् ।

भूवनले चलचित्र निर्देशनमा हात हाले लगतै सुस्मिताले पनि निर्देशक बन्न लागेपछि बजारमा विभिन्न खालका चर्चा सुरु भएका छन् । तर, सुस्मिताले भने आफूले भूवनलाई च्यालेञ्ज दिन चलचित्र निर्देशन गर्न लागेको नभई यसलाई संयोग भनेकी छिन् ।

उनले भूवन केसीप्रति आफ्नो कुनै पूर्वाग्रह नभएको फेसबुकमार्फत बताएकी छिन् । चलचित्र क्षेत्रका लागि भूवनले अग्रणी भूमिका खेलेको भन्दै सुस्मिताले उनी व्यक्तिगत रुपमा आफ्ना छोराको पिता भएको पनि बताएकी छिन् । उनले भूवनबाट चलचित्र निर्माण र व्यवसायिक बिषयमा धेरै कुरा सिकेको पनि फेसबुकमा लेखेकी छिन् ।

भूवनलाई आफूले च्यालेञ्ज गर्नु र उनले आफूलाई च्यालेञ्ज गर्नु भनेको तर्कसंगत कुरा नभएको सुस्मिताको दाबी छ । उनले भूवनको स्वस्थ्य र सुखद जीवनका लागि हरेक पल प्रार्थना गर्ने गरेको पनि स्पष्ट पारेकी छिन् ।

अलग भएपछि सुस्मिता चलचित्र क्षेत्रबाट केही ओझेल देखिएकी छिन् । भूवन भने छोरा अनमोललाई मुख्य नायकको रुपमा लिएर चलचित्र निर्देशक बनिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment