Comments Add Comment

विविध सेवाका कर्मचारीलाई प्रशासनमा ल्याइने

१९ साउन, काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले विविध सेवा विशेष समूहमा रहेका पाँच सय ३३ जना कर्मचारीको प्रशाशन सेवामा समूहीकृत गरी आगामी डेढ महिनाभित्र पदस्थापन गर्ने गृहकार्य अघि बढाएको छ।

फाइल तस्वीर
फाइल तस्वीर

सामान्य प्रशाशन मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीका अनुसार विविध सेवाका कर्मचारीलाई नारायणहिटी दरबार संग्रहालय, हनुमानढोका दरबार तथा सर्वसाधारणको बढी चाप भएका जिल्ला प्रशासन कार्यालयहरूमा निजामती सेवाअन्तर्गत नयाँ दरबन्दी सिर्जना गरी पदस्थापन गरिने अन्नपूर्ण पोस्टमा खबर छ।

‘अबको एकदेखि डेढ महिनाभित्र नयाँ दरबन्दी सिर्जना गरी विविध सेवाका कर्मचारीलाई विभिन्न निकायमा पदस्थापना गरिनेछ,’ प्रवक्ता अधिकारीले भने। उनले जनशक्ति अभाव भएका र खासगरी सेवाग्राहीको अत्यधिक भीड हुने सरकारी कार्यालयमा ती कर्मचारीको पदस्थापना गरिने पनि बताए।

सर्वोच्च अदालतले दिएको आदेशअनुसार दुई साताअघि बसेको मन्त्रिपरिषद् बैठकले विविध सेवाअन्तर्गत रहेका कर्मचारीलाई प्रशासन सेवामा समूहीकृत गर्न सामान्य प्रशासन मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको थियो। मन्त्रिपरिषद्ले ती कर्मचारीलाई समूहीकृत गर्न आवश्यक कानुन संशोधन गर्न र ती कर्मचारी समायोजनका लागि दरबन्दी सिर्जना गर्न मन्त्रालयलाई सहमति दिएको हो।

अहिले नारायणहिटी दरबार संग्रहालय, हनुमानढोका दरबार, विभिन्न मन्त्रालय, विभाग र आयोगमा गरी पाँच सय ३३ कर्मचारी कार्यरत छन् । विविध सेवाअन्तर्गत सहसचिव पदमा दुईजनामध्ये राजेश्वरमान सिंह हाल रेलवे सेवा विभाग र लेखबहादुर कार्की राष्ट्रिय सूचना आयोगमा कार्यरत छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment