Comments Add Comment

जीवन र बर्षाको ‘काफल पाक्यो’, ट्रेलरमा देखियो नायकको तारिफयोग्य काम

jiwan-barsa-and-mukesh
चलचित्र क्षेत्रमा लागेर चर्चित बनेपनि नायक जीवन लुइटेलले चर्चा गर्न योग्य चलचित्रमा भने कमै मात्र काम गरेका छन् । जीवनको चर्चा उनले निर्वाहा गरेको पात्रले भन्दापनि उनको नायकत्वले भएको पाइन्छ ।

तर, माघ १ गतेबाट प्रदर्शनमा आउने तयारीका साथ प्रचार अगाडि बढाइएको चलचित्र ‘काफल पाक्यो’ले जीवनलाई एउटा उचाईमा लैजान सक्छ । नक्कली कपाल र कालो दाह्रीमा सधै नै देखिने चकलेटी नायकलाई नयाँ निर्देशक सावित्री खत्रीले फरक शैलीमा देखाएकी छिन् ।

मंगलबार बेलुकी चलचित्रको अडियो बिमोचनका साथमा ट्रेलर र २ गीत सार्वजनिक गरिएको छ । रेडपान्डा डान्स एन्ड मुभी हाउसको ब्यानरमा बनेको यो चलचित्रमा जीवनलाई नयाँ कलाकार बर्षा राउतले साथ दिएकी छिन् । साथमा चलचित्रमा लय संग्रौला, मुकेश आचार्य, प्रदिप ढकाल, वीएस राणा, उत्तम केसी, बालदिप राइको मुख्य भूमिका छ ।

चलचित्रमा विकास चौधरीको संगीत, प्रदिप भारद्धाजको लेखन, दीर्घ गुरुङ र दिपक बज्रचार्यको छायांकन, हिमाल केसीको एक्सन, कविराज गहतराज र सरिता राजचलको नृत्य निर्देशन छ । चलचित्रमा सुरेश राउत र उपेन्द्र सुवेदीको लगानी छ भने लक्ष्मी केसी यो चलचित्रकी कार्यकारी निर्माता हुन् ।

नायक जीवन लुइटेलले चलचित्रको शिर्षकले बिहे गर्ने बेला भएका यूवा यूवतीको कथालाई प्रतिबिम्बित गर्ने बताए । उनले यो चलचित्रमा काम गर्दा आफू १६ बर्षको यूवक भएको महशुश गरेको पनि बताए । kafal-pakyo-album-bimochan
कार्यक्रममा चलचित्रको गीतको अडियो बिमोचन पनि गरियो । कार्यक्रमका प्रमुख अतिथी चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई, चलचित्र निर्देशक समाजका अध्यक्ष दिनेश डीसी, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय, चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीका साथमा चलचित्रका कलाकार तथा प्राविधिकले एल्बम बिमोचन गरेका थिए ।

नव-निर्देशक सावित्री खत्रीले आफूले पहिलो पटक चलचित्र निर्देशन गर्ने प्रयास गरेको भन्दै सबैको साथ पाउने विश्वास व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment