Comments Add Comment

अखण्ड लुम्बिनी माग्दै ३२ सभासदको हस्ताक्षर

२१ साउन, काठमाडौं । लुम्बिनी अञ्चलका सभासदहरुले नवलपरासी, रुपन्देही र कपिलबस्तुलाई पनि पहाडमा बन्ने प्रदेशमा राख्न माग गरेका छन् ।

दलहरुबीच प्रदेशरुको सीमांकनमा सहमतिको प्रयास भइरहेका बेला प्रमुख दलकै सभासदहरुले लुम्बिनी अञ्चललाई नटुक्र्याउन र अखण्ड बनाउन माग गरेका हुन् ।

सम्वाद समितिका सभापति डा. बाबुराम भट्टराई बुझाइएको मागपत्रमा एमाले सभासद एवं उपहासचिव विष्णु पौडेल, सचिव गोकर्ण विष्ट, कांग्रेसका बालकृष्ण खाँड, एमाओवादीका भक्ति पाण्डे लगायतका ३२ सभासदले हस्ताक्षर गरेका छन् ।

सीमांकन गर्दा लुम्बिनी अञ्चललाई नटुक्रने गरी सीमांकन गर्नुपर्ने उनीहरुको माग छ ।

दलहरुबीच ६ प्रदेशमा सहमति भएअनुसार लुम्बिनी अञ्चलको गुल्मी, अर्घाखाँची र पाल्पा पहाडमा बन्ने प्रदेशमा पर्नेछ भने कपिलवस्तु, रुपन्देही र नवलपरासीलाई मधेसमा बन्ने प्रदेशमा राख्ने तयारी छ ।

Lumbini-ca member-demand

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment