Comments Add Comment

उपेन्द्रले भने- चारदलका नेता बन्दूक बोकेर हिँडे पनि विद्रोह रोकिँदैन

२६ साउन, काठमाडौं । संविधानसभामा संविधानको पहिलो मस्यौदाको परिमार्जित प्रतिवेदनमाथिको छलफल राप्रपा नेपालसहित केही साना दलले बहिस्कार गरेका छन् ।

राप्रपा नेपाल तथा मधेस केन्द्रित दलका ५९ सभासदले छलफल बहिस्कार गरे पनि संविधानसभामा छलफल जारी रहेको छ ।

संविधानसभा बैठकबाट बाहिरिादै मधेस केन्द्रित दलका सभासदहरु । तस्वीरः रासस
संविधानसभा बैठकबाट बाहिरिादै मधेस केन्द्रित दलका सभासदहरु । तस्वीरः रासस

बहिस्कार गर्नुअघि संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रदेशहरुको सीमांकन जनताको मागअनुसार परिमार्जन नगरे देशैभरि विद्रोह हुने चेतावनी दिए ।

संविधानसभाको मंगलवारको बैठकको शुरुमै बोलेका यादवले सुर्खेतमा मान्छे मारिएको, जुम्ला लगायतका ठाउँमा दमन भएको भन्दै अब देशका अन्य क्षेत्रमा पनि बिद्रोह शुरु हुने बताए ।

यादवले भने-जनतालाई भुटेर संविधान जारी गर्छौं भन्ने भ्रम छ भने त्यो हटाए हुन्छ, चार दलका चार नेता आफैं बर्दी लाएर बन्दूक बोकेर गए पनि जनतलाई रोक्न सक्ने छैनन् ।

राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दू राज्य घोषित नगरिए देशमा विद्रोह हुने र ९४ प्रतिशत जनताले संविधान अस्वीकार गर्ने चेतावनी दिए ।  गिरीले भने-यदि तपाईहरुले बहुसंख्यक जनताको भावना विपरीत दूर्याेधन प्रवृति देखाउनुभयो भने त्यो संविधान स्वीकार्य हुनेछैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment