Comments Add Comment

नेपाल बन्द दिउँसो एक बजेपछि फिर्ता

३२ साउन, काठमाडौ । नेकपा-माओवादी जनजाति तथा मधेसी दलले गरेको नेपाल बन्द आज दिउँसो १ बजेपछि खुलेको छ ।
Banda Ktm1 (4)
प्रहरीले आन्दोलनकारीहरुलाई सडकमा उत्रिनै नदिएर पक्राउ गरेपछि दोस्रो दिनको बन्दको प्रभाव कम परेको छ । बन्दको प्रभाव कम परेपछि सोमवार दिउँसो १ बजेदेखि बन्द फिर्ता गरेको माओवादीका एक नेताले बताए ।

तर, माअोवादीसँग मिलेर बन्द गरेको फाेरम नेपालले भने बन्द यथावत रहेको बताएकाे छ । बन्दबारे मत बाझिएपछि काठमाडौ, भक्तपुर र ललितपुरका आन्दोलनरत दलका कार्यकर्ताहरुलाई काठमाडौको रत्नपार्कका केन्द्रित गरी प्रदर्शन गर्ने भनिए पनि हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment