+
+
Shares

पारसकी प्रेमिकाबाट फेसबुकमा हिमानीको अपमान !

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन ३२ गते १८:४८

३२ साउन, काठमाडौं । पूर्वयुवराज पारसकी थाई प्रेमिका कन्निका चाइसार्नले फेसबुकमा पारसकी पत्नी हिमानीको अपमान गरेकी छिन् । हिमानीले नाभीमा रिङ लगाएको पुरानो फोटोलाई उनले फेसबुकमा दुरुपयोग गरेकी हुन् ।

kannika1हिमानीको फोटोमाथि लेखिएका नेपाली शब्दहरु अश्लील र आपत्तिजनक छन् । यो तस्बिर उनले आफ्नै स्टाटसको कमेन्टबाट निकालेकी हुन् । यद्यपि उनले कमेन्ट बक्समा पारस र हिमानी दुबैप्रति रीस ओकलेकी छिन् ।

उनको पोष्टमा नेपालीहरुले आपत्ति जनाउँदै फोटो हटाउन आग्रह गरेका छिन् । तर, कन्निकाले आफ्नो बचाउ गर्ने प्रयास गरेकी छिन् ।

‘हिमानी नाम गरेकी केटी र पारस को हुन् ? उनीहरुले दुबैले मलाई आफूहरु नेपालको राजाको छोरा र युवराज भएको बताएका थिए । उनीहरुले मेरो चित्त दुखाएका छन् तपाईंहरुलाई थाहा छ ?’ उनले अंगे्रजीमा लेखेकी छिन् । उनको लेखाइको आशय खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?