Comments Add Comment

झडपपछि हराएका आन्दोलनकारी मृत भेटिए

Death-Body

सलमान खान

५ भदौ, भैरहवा । रुपन्देहीको बेलहियामा बिहीबार आन्दोलनका क्रममा भएको झडपपछि सम्पर्कबिहीन रहेका एक युवा मृत अवस्थामा भेटिएका छन् ।

बन्दकर्ता, प्रहरी र बन्दको प्रतिकार समूहबीच बेलहियामा भएको झडपपछि सम्पर्कबिहीन भएका लुम्बिनी संस्कृत नगरपालिका-१० पकडिहावाका १८ बर्षीय सुनिल भन्ने सुधिराम यादवको शव सिद्धार्थ राजमार्गस्थित डण्डा नदीमा भेटिएको हो ।

मृतकका मामा विक्रम यादवले झडपपछि प्रहरीले लखेट्दा डण्डा नदीमा खसेर उनको मृत्यु भएको दावी गरे । उनले आफ्ना भतिज यादवले मधेश आन्दोलनमा शाहादत प्राप्त गरेको भन्दै शहिद घोषणा गर्न माग गरेका छन् ।

रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र ढकालले बेलहियामा झडपपछि मृतक सुनिल, उनका भिनाजु र दाइ नदी तर्नका लागि डण्डा नदीमा हामफालेको दावी गरे ।

नदीमा हामफालेका सुनिलका भिनाजु र दाई नदीबाट निस्किन सफल भएको तर, तर सुनिल नदीमा डुबेको कारण मृत्यु भएको प्रहरी उपरीक्षक ढकालले दावी गरे ।

मृतकको शव पोष्टमार्टमको लागी भैरहवाको भीम अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment