+
+
Shares

बन्दकर्ताको गुनासो- ‘कर्फ्यू’ लगाएर खुलाइयो

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ६ गते १७:००

६ भदौ, काठमाडौं । आदिवासी जनजातिले आयोजना गरेको नेपाल बन्दको प्रभाव राजधानीमा नपरेपछि बन्दकर्ताहरु निराश देखएका छन् ।

Pemba Bhoteबन्द आयोजक आदिवासी जनजाति महासंघका महासचिव पेम्बा भोटेले आफूहरुले आहृवान गरेको बन्द खुलाउन राज्यपक्षबाट ‘कफ्र्यू’ लगाइएको आरोप लगाए ।

जनजाति महासंघले आइतबार र सोमबार नेपाल बन्दको आहृवान गरेको छ । काठमाडौं उपत्यकामा विहान केहीबेर बन्दको प्रभाव देखिए पनि दिउँसोबाट सार्वसाधारणले स्वस्फूर्त बन्दको उल्लंघन गरेका छन् । उपत्यकामा सवारी साधन गुडेका छन् भने बजार तथा पसल पनि खुलेका छन् ।

बन्द उल्लंघन भयो अब फिर्ता लिने हो भन्ने प्रश्नमा सभासद समेत रहेका महासचिव भोटेले भने-‘यो हाम्रो मागसँग जोडिएको बन्द हो, कुनै हालतमा फिर्ता हुँदैन ।’

उनका अनुसार उपत्यकाबाट मात्र ३२१ जना बन्दकर्ता पक्राउ परिसकेका छन् । प्रहरीको घेराभित्र बन्द उल्लंघन गरिएको भन्दै उनले भने- ‘बन्द खुलाउन कफ्र्यू लगाइएको छ । सडकमा आयो कि समातेर लैजाने गरेको छ ।’

जनजाति महासंघका महासचिव भोटेले भोलिको बन्दमा सभासदहरु नै सडकमा आउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?