७ भदौ, काठमाडौं । सरकारले कैलाली लगायतका जिल्लाहरुलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ । दंगाग्रस्त क्षेत्र घोषणापछि अब नेपाली सेना पनि कारवाहीमा खटिने छ ।
सुरक्षा समितिको बैठकले कैलाली, रौतहट र सर्लाही जिल्लालाई संवेदनशील क्षेत्र घोषणा गर्दै सेना परिचालन गर्ने निर्णय गरेको छ ।
अनलाइनखबरसँग कुरा गर्दै गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले भने- संवेदनशील जिल्लाहरुमा अब सेना पनि सुरक्षा र सर्च अपरेसनमा खटिन्छ । उनले दंगाग्रस्त क्षेत्रमा शान्ति सुरक्षाको व्यवस्था गर्न गृहप्रशासन कटिवद्ध रहेको बताए ।
कैलालीको टीकापुरमा थरुहट आन्दोलनकारीको आक्रमणमा परी जनपथ प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ प्रहरीको मृत्यु भएको प्रारम्भिक विवरण आएको छ ।