Comments Add Comment

वैदेशिक रोजगारीमा ४० लाख युवा

११ भदौ, काठमाडौ । वैदेशिक रोजगारीमा सरकारी अनुमति लिए जाने कामदारको संख्या ४० लाख पुगेेको छ । सरकारले पछिल्लो समय विदेशिने युवाको संख्या घटाउने नीति ल्याए पनि ब्यवहारमा लागू हुन सकेको छैन । साउनमा मात्रै ३८ हजार ८१ ज्ना युवा विदेशिएका छन् ।

rojgarश्रम तथा रोजगार मन्त्रालयले खाडी मुलुक र मलेसियामा निःशुल्क टिकट र भिसा प्राप्त भएका कामदारलाई मात्र जान दिने निर्णय गरेको छ । यो निर्णयसँगै विदेसिने कामदारको संख्या हृवात्तै घट्नसक्ने अनुमान गरिएको थियो । तर साउनको तथ्यांकले संख्या खासै नघटेको देखाएको अन्नपूर्ण पोष्टमा खबर छ ।

श्रम तथा रोजगार मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार गएको साउन महिनासम्ममा सरकारी अनुमति लिएर वैदेशिक रोजगारीमा जाने कामदार ३९ लाख ९८ हजार २४ जना पुगेका छन् ।

यसबाहेक अवैध तरिकाले भारतीय मार्ग हुँदै जानेको संख्या पनि २० लाख हाराहारीमा भएको अनुमान छ । आन्तरिक बजारमा रोजगारीको पर्याप्त अवसर नहुँदा युवा जनशक्ति विदेश पलायन हुन बाध्य भएको हो ।

विदेशिने कुल संख्या बढे पनि देश तथा क्षेत्रगत आधारमा भने विविधता हुन सकेको छैन । वैदेशिक रोजगारीमा जानेमध्ये दुई तिहाइभन्दा बढीको गन्तब्य खाडी मुलुक र मलेसिया हुने गरेको छ । देशगत आधारमा हेर्दा मलेसियामा जानेको संख्या सबैभन्दा बढी छ ।

आकर्षक कमाइ हुने पश्चिमा तथा अन्य मुलुकमा कामदार पठाउन सरकारले सरकारले पहल गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment