Comments Add Comment

शुभेच्छाका कुरा-‘मैले नदेखाउँदा कसले चिन्यो र ?’

suvekhya-thapa-hot
रंगमञ्चबाट कलाकारितामा प्रवेश गरेकी कलाकार शुभेच्छा थापाले विरेन्द्र हमालबाट अभिनयको तालिम लिइन् । स्कुल पढ्दा पढ्दै डान्स गर्न थालेकी उनले सानै उमेरबाट रंगमञ्चमा हात हालेकी हुन् ।

शुभेच्छाले चलचित्र खेल्न थालेको करिब एक दशक भयो । तर, उनको चर्चा चलचित्र क्षेत्रमा खासै सुनिदैन । यसका पछाडि धेरै कारण मान्छिन्, उनी । हुनत, अहिले चलचित्र क्षेत्रमा उनको चर्चा बेड सिन, उत्ताउला दृश्य, बक्षस्थलमा माछाले छोपेर खिचिएका फोटोसुट लगायतले हुने गरेको छ । अनलाइनखबरसँग मनका कुरा साट्दै शुभेच्छाले कलाकारितामा पाएको चर्चा र आलोचनालाई यसरी व्यक्त गरिन् :

मैले सोचेजस्तो चर्चा पाइन
मैले जब चलचित्र करिअर सुरु गरे, त्यतिबेला मलाई लागेको थियो मैले खुबै चर्चा पाउँछु । २२ बर्षको उमेरमा मैले ‘धु्रव तारा’ नामक चलचित्रबाट करिअर सुरु गरे । आजसम्म त मैले ३५ वटा जती चलचित्रमा काम गरिसकेकी छु । मेरो छोरी पनि १७ बर्षको भैसकेकी छिन् ।

३० वटा जती त मैले सिरियलमा नै काम गरेकी छु । त्यतिबेला जल शाह, अरुणिमा लम्सालहरुको चर्चा धेरै थियो । त्यतिबेला नै मैले अहिलेको जस्तो हट फोटोसुट नगरेको होइन, तर मेरो चर्चा भएन । मलाई अहिले लाग्छ, साना साना कुरालाई पनि गसिप र स्क्यान्डलमा ल्याउन मैले जान्दै जानिन । आफूले लगाउने पहिरनदेखि हरेक कुरामा ध्यान दिनुपर्ने रहेछ, मैले त्यो जानिन ।

झरनाको म फ्यान, डाँहा छैन
झरना थापा र म एकै घरमा बस्छौ । हाम्रो क्षेत्र पनि एउटै हो । तर, म उहाँको ठूलो फ्यान हो । उहाँले आफ्नो करिअरमा धेरै राम्रा चलचित्र र ब्यानर पाउनुभयो । तर, मैले आफ्नो अभिनय राम्रो हुँदा हुँदै पनि उहाँले  पाए अनुसारको भूमिका र ब्यानर पाइन । मेरो उहाँसँग कुनै डाँहा छैन । हाम्रो घरमा कुनै व्यवसायिक र चलचित्रको कुराकानी नै हुँदैन  । सायद, यस्ता कुरा गर्दा डाहा हुन्छ कि भनेर हाम्रो कुरा हुँदैन । हामी अरु नै धेरै कुरा गर्छौ, उहाँ राम्रो र भाग्यमानी कलाकार हो ।

श्रीमान् र छोरीको सपोर्ट छ
मेरो सबैभन्दा ठूलो कडी भनेकै मेरो श्रीमान् र छोरी हुन् । मेरो पारिवारिक सपोर्ट भएकाले पनि म आज यसरी अगाडि बढ्न पाएकी छु । यो बिषयमा मेरो छोरीसँग छलफल हुन्छ, फोटोसुट गरेपछि मैले मेरो श्रीमान्लाई देखाउछु ।

जब मैले बक्षस्थलमा माछाले छोपेर फोटोसुट गरे, यो बिषयमा तत्काल मेरो श्रीमान्सँग कुनै कुरा भएन । उहाँले मलाई तिम्रो ईच्छा भएकाले मैले स्वतन्त्रत छोडिदिएको छु भन्नुहुन्छ । उहाँले मलाई तिमीले राम्रो काम गर्दा कसैको सपोर्ट पाइनौ, जब यस्तो फोटो खिचायौं, सबै चलचित्रकर्मी नै खनिएछन्, कस्तो क्षेत्रमा आयौं भन्नु भएको थियो । साच्चै यहाँ कसैको साथ नै पाइदैन ।

म ननाङ्गिदा कसले चिन्यो र ?
३२ वटा चलचित्रमा मैले राम्रा भूमिका गर्दा म मिडियामा आउन सकिन, मलाई दर्शकले चिन्न नै सक्नु भएन । रेखा थापा, झरना थापा, निरुता सिंहहरुको आफ्नै खालको व्यक्तित्व रहेछ, सायद म आफ्नो पहिचान बनाउन चुके कि । होइन भने , रेखा थापा, झरना थापा लगायतले पहिले नै लगाइसकेको पहिरन मैले अहिले लगाउँदा किन यती साह्रो चर्चा भएको छ ? सायद, अहिले मैले बनाएको पहिचान यही नै हो भन्ने लाग्छ । मैले पनि चलचित्रसँग नजिक भएर काम गरिरहेकी छु, सायद अब मेरो पनि पहिचान बन्दै होला भन्ने लागेको छ ।suvkshya thapa_1

मैले बनाएको र अभिनय गरेको चलचित्र ‘मखमली’को ट्रेलर आउने वित्तिकै कन्ट्रोभर्सीमा फसिहाल्छ भन्ने मलाई थाहा छ । त्यसको बिषयवस्तु पनि त्यस्तै छ । म चलचित्रमा जस्तो देखिन्छु, बाहिर त्यस्तो छैन । बाहिर हेर्दा मलाई धेरैले तपाई नै हो शुभेच्छा भनेर सोधेका हुन्छन् ।

अब २ बर्ष होला मैले काम गर्ने
मेरो चाहना भनेको मैले गर्ने हरेक चलचित्र दर्शकलाई मन परोस् भन्ने नै हो । सायद, अब म नायिका भएर चलचित्रमा काम गर्ने भनेकै २ बर्ष होला । यसपछि त हरेक नायिकाको क्रेज सकिएकै छ । चलचित्र क्षेत्रमा लागेर केही गरौ भन्ने सपना मेरो सधै थियो । यसका लागि विभिन्न खालका बाटाहरु मैले रोजेको हुँ ।

प्रस्तुती : विजय सुवेदी ‘आवाज’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment