Comments Add Comment

९ वर्षीया बालिका बलात्कृत, कुचबाडिया संघका अध्यक्ष पक्राउ

आरपी सुवेदी

११ भदौ, नेपालगञ्ज । नेपालगञ्ज-५ की एक ९ वर्षीय बालिका बलात्कृत भएकी छन् । उनी गत ९ गते बुधबार बलात्कृत भएको बालिकाका अभिभावकले जनाएका छन् ।

Child-Rapeनेपालगञ्ज गणेशपुरको बौद्ध गुम्बामा खेल्दै गर्दा बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको आरोपमा नेपाल कुचबाडिया संघका केन्द्रीय अध्यक्ष बद्री कुचबाडिया पक्राउ परेका छन् ।

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दर्ता भएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पीडितका तर्फबाट जिल्ला प्रहरी कार्यालय बाँकेमा भदौ ९ गते नै बालिकाकी हजुरआमाले जाहेरी दर्ता गरेकी हुन् । सधै जसो गणेशपुरस्थित बौद्धगुम्बामा खेल्नको लागि आफ्नो नातीनी गएको मौका छोपेर गुम्बाको पछाडी बरण्डामा पीडक कुचबाडियाले जबरजस्ती करणी गरेको पीडित बालिका की हजुरआमाको आरोप छ ।

घटनापछि बालिकाको मानसिक अवस्था ठिक नभएको र उपचार भइरहेको उनले बताइन् । महिला तथा बालबालिका टोल सुधार समितिका कोषाध्यक्ष रचना श्रेष्ठले अपराध गर्नेलाई कुनै पनि सर्तमा छाड्न नहुने बताइन् ।

कुचबाडियालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको बाँके प्रहरी प्रवक्ता तथा डिएसपी भीम किरण बोगटीले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment