Comments Add Comment

यसरी भइन् संचिता ८० बाट ५२ केजी

Sanchita_Fitness
२ सन्तानलाई जन्म दिदा ८० किलो तौल थियो नायिका संचिता लुइटेलको । तर, उनले केही समयमै आफ्नो तौल करिब २८ किलो घटाइन् । यसपछि नायिका लुइटेलको फिटनेशको चर्चा पनि खुबै हुन थाल्यो । चलचित्र क्षेत्र भन्दा बाहिरका मानिसहरु पनि संचिताको फिटनेशको राज खोज्न थाले । उनै संचिता लुइटेलसँग अनलाइनखबरले ‘सेलिब्रेटीको फिटनेश’ स्तम्भ अन्र्तगत रहेर कुरा गरेको छ । यो स्तम्भ हरेक बिहिबार प्रकाशन हुँदै आएको छ ।

१.तपाईंको उचाई र तौल कती छ ?
मेरो उचाई ५ फिट ३ इन्च र तौल ५४ केजी छ ।

२. मोटाउने सोचमा हुनुहुन्छ कि दुब्लाउने  ?
अहिले एउटा कामका लागि २ केजी मोटाएकी छु । अब २ केजी दुब्लाएर ५२ केजी नै पुग्नुछ ।

३. एक्सरसाइज के-के गर्नुहुन्छ ?
म अहिले व्यायम १ घन्टा गर्छु । हेल्थ क्लबमा गएर आधा घन्टा दौडिन्छु ।

४.जिम जाने गर्नुभएको छ कि छैन ? कस्ता आइटम गर्नुहुन्छ ?
म जिम गएको छैन । दौडने र सामान्य व्यायम मात्र गर्छु । मैले कहिले पनि ट्यावलेट खाइन ।

५.मर्निङ वाक जानुहुन्छ ? कहाँ दौडिनुहुन्छ ?
मर्निङ वाक गर्दिन । हेल्थ क्लबमै दौडिन्छु ।

६. योगा गर्नुहुन्छ कि गर्नुहुन्न ? कसरी सिक्नुभयो ?
योगा मैले पहिले गर्थे । सन्तान भएपछि गरेको छैन । पहिला योगा, मेरिटेशन सबै गर्थे ।

७.पानी कती पिउनुहुन्छ ?
पानी दैनिक ८ गिलास पिउछु ।

८.डाइटमा के-कती ध्यान दिनुहुन्छ ? के के खानुहुन्न ?
सन्तान हुँदा खुबै गुलियो खान मन लाग्थ्यो । त्यतिबेला ह्वात्त मोटाए पनि । दिनमा ४ वटासम्म रसवरी खान्थे । तर, अहिले चिल्लो, गुलियो धेरै कम गरेकी छु । अहिले झोल बढी खान्छु । फ्राई खाना, बाहिरको खाना कम खान्छु ।

९.कुन सेलिब्रिटीको बडी/फिगर देख्दा लोभ लाग्छ ?
मलाई स्लिम शरीर मनपर्दैन । समिता सेट्टीको शरीर मनपर्छ ।

१०. राती कती घन्टा सुत्नुहुन्छ ?
राती ९ बजेसम्म त म सुतिसक्छु । बिहान ४ बजे उठ्छु ।

११.सेलिब्रिटीलाई फिटनेस किन जरुरी छ ?
जतिबेला म खुबै मोटाएर फेरि दुब्लाए । त्यतीबेला मेरो फिटनेशको राज सबैले जान्न खोज्नु भएको रहेछ । यसबाट पनि मैले महशुश गरे कि कलाकारलाई फिट रहन जरुरी रहेछ । मानिसले कलाकारलाई हेर्ने वित्तिकै उसको शारीरिक बनाबट, सुन्दरता हेर्छ । यसैले पनि फिट हुन बहुतै जरुरी छ ।

१२. सन्तानलाई जन्म दिएपछि तपाई ८० केजीबाट ५० केजी हुनुभयो, यो कसरी संभव थियो ?
जतिबेला बाबुहरु भएका थिएनन्, त्यतीबेला म बिहान ४ बजे उठ्ने, खाना र व्यायममा ध्यान दिन्थे । तर, बाबुहरु भएपछि सबैकुरा फेरबदल भयो । सुत्केरी हुँदा खानेकुरामा कन्ट्रोल भएन । जब बच्चाहरु स्कुल जान थाले, त्यसपछि मैले फेरि शरीरका लागि समय दिन पाएँ । बाबुहरु स्कुल गएपछि म क्लब जान्थे र दैनिक व्यायम गर्थे । चिल्लो बढी खाइन्थ्यो, त्यो छाडे । गुलियो, फ्राई खाना पनि खान छोडियो । पानी, झोलिलो खानेकुरा बढी खान थाले । मेरो शरीर घटाएकै खानेकुरामा कन्ट्रोल गरेर हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment