Comments Add Comment

एमाले सभासदहरुले भने-मधेसको आन्दोलन ‘अधिकार प्राप्तिको अन्दोलन’ नै हो

UML Madhesh Ca member

१९ भदौ, काठमाडौं । तराई मधेसबाट प्रतिनिधित्व गर्ने नेकपा एमाले केन्द्रीय सदस्य र सभासदहरुले मधेसमा भइरहेको आन्दोलनलाई ‘अधिकार प्राप्तिको अन्दोलन’ भनेका छन् । साथै उनीहरुले सात प्रदेशको सीमांकन बैज्ञानिक नभएको भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई १० बुँदे ज्ञापनपत्र बुझाएका छन् ।

अध्यक्ष ओलीलाई ज्ञापन पत्र बुझाएपछि सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा एमाले सम्वद्ध लोकतान्त्रिक मधेसी संगठनका अध्यक्ष रघुवीर महासेठले भने-‘यो आन्दोलनमा घुसपैठ पनि भएको होला । तर, मुल त यो अधिकार प्राप्तिको आन्दोलन हो ।’

महासेठले मधेसमा बस्नेहरु राष्ट्रवादी भएको भन्दै उनीहरुको राष्ट्रियतामाथि शंका नगर्न आग्रह गरे । उनले अघि भने-‘आन्दोलन गर्न काठमाडौंबाट मान्छे गएका छैनन् । मधेसीहरुले लडेका छन् ।’

उनले आन्दोलनकै केही नेता आन्दोलन निष्कर्षमा नपुगोस् भन्ने चाहेको र उच्च होहदामा बसेकाहरुले पनि २/४ वर्ष संविधान नबनोस् भन्ने चाहेको उनको दाबी थियो । तर, उनले कसैको पनि नाम भने लिएनन् ।

तराई मधेसबाट प्रतिनिधित्व गर्ने एमालेका सभासदहरुले सात प्रदेशको सीमांकन वैज्ञानिक नभएको बताएका छन् । महासेठले भने-‘संघीयता कसैले निगाहले दिने होइन । चार नेताले काटेर दिने पनि होइन । अहिलेको सीमांकन वैज्ञानिक र व्यवहारिक छैन ।’

एमालेका केन्द्रीय सदस्य एवं सभासदहरुले सात प्रदेशको सीमांकन व्यवहारिक नभएको भन्दै तराई मधेसमा पहिचानका पाँच र सामथ्र्यका चार आधारमा विज्ञहरुको राय लिएर सीमांकन गर्न माग गरेका छन् । महासेठले भने-‘साच्चीकै प्रयास गर्नेर् हो भने २४ घण्टा काफी छ । म त भन्छु १२ घण्टामा नै सम्भव छ । तर, पार्टी र नेताहरु आफ्नो स्वार्थबाट माथि उठ्नुपर्छ ।’

पत्रकार सम्मेलनको अध्यक्षता गरेका स्थायी समिति सदस्य सत्य नारायण मण्डलले आन्दोलनरत पक्षहरुसँग वार्ता गर्न सरकारलाई आग्रह गरेका छन् । सभासद समेत रहेका आन्दोलनकारीले आफ्नो माग प्रष्ट पार्नु पर्ने र वार्ताका लागि राज्य पक्ष बढी लचिलो हुनु पर्ने उनले बताए ।

पहिचान र सामथ्र्यका आधारमा प्रदेशहरुको सीमांकन गर्न र मधेस आन्दोलनका मागलाई सम्बोधन गर्न ओलीलाई दबाव दिने एमाले सभासद एवं नेताहरुको सूचीमा स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले पहिलो नम्बरमा छन् ।

त्यस्तै पोलिटब्यूरो सदस्य नागेन्द्र चौधरी, डा. बंशिधर मिश्र र सत्रुधन महतोले पनि ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् । त्यस्तै केन्द्रीय सदस्यहरु श्रीप्रसाद साह, जगदीश प्रसाद कुसियत, बलवीरप्रसाद चौधरी, भगवती चौधरी र दिनेश राई पनि पहिचानको पक्षमा उभिएका छन् ।

मधेस आन्दोलन र पहिचानको पक्षमा हस्ताक्षर गर्नेहरुमा एमालेका अधिकांश मधेसी सभासद छन् ।

जनजाति र मधेसीसँग विगतमा भएका सहमति कार्यान्यन गर्न, संविधानमा मधेसी, थारु, मुस्लिम आयोगहरुको व्यवस्था गर्न, संविधानको प्रस्तावनामा तराई मधेस आन्दोलन उल्लेख गर्न र समानुपातिक समावेशी अधिकारको सुनिश्चितता गर्न एमाले सभासदले माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment