Comments Add Comment

नयाँ संविधानमा भारतले असन्तोष जनायो

३ असोज, काठमाडौं । नेपालमा नयाँ संविधान घोषणा भएलगतै छिमेकी मुलुक भारतले वक्तव्य जारी गरेको छ । तर, भारतले संविधान घोषणाको स्वागत समेत गरेको छैन ।

भारतीय बिदेशमन्त्री सुष्मा स्वराज । तस्वीरः रासस
भारतीय बिदेशमन्त्री सुष्मा स्वराज । तस्वीरः रासस

संविधान जारी घोषणा भएको केहीबेरममै भारतीय विदेश मन्त्रालयले वक्तव्य जारी गरेको छ । उसको वक्तव्यमा ‘नेपालमा संविधान जारी भएको भएको थाहा भएको’ उल्लेख छ ।

वक्तव्यमा नयाँ संविधानको स्वागत र समर्थनमा कुनै शब्द खर्च नगरी तराईमा जारी आन्दोलनतर्फ बढी चासो व्यक्त गरिएको छ ।

नयाँ संविधान घोषणा भएको विषयमा असन्तोष व्यक्त गरिएको वक्तव्यमा भनिएको छ- ‘भारतसित सीमा जोडिएका कतिपय क्षेत्रको जारी हिंसाप्रति हामी चिन्तित छौं । सबै असन्तुष्टिहरुलाई हिंसारहित वातावरणमा संवादको माध्यमबाट हल गर्दै संविधानलाई सर्वस्वीकार्य बनाउन आग्रह गर्छौं । हाम्रा राजदूतले नेपालका प्रधानमन्त्रीसित यस सन्दर्भमा कुरा गरिसक्नुभएको छ ।’

भारतले संविधान निर्माणको प्रक्रियामा नेपाललाई सँधै सहयोग गर्दै आएको भन्दै नयाँ संविधानले प्रगति एकता र समृद्धिको आधारशीला खडा गर्ने आशा पनि व्यक्त गरिएको छ ।

भारतीय विदेश मन्त्रालयले जारी गरेको वक्तव्य

India-Statement

यो पनि पढ्नुस्

राष्ट्रपतिद्वारा नेपालको संविधान जारी (पूर्णपाठसहित)

सविधान उत्सवमा स्वस्फूर्त उत्रिए सर्वसाधारण (फोटो फिचर)

नयाँ संविधानमा मधेसले पाउन के बाँकी रह्यो ?

बाबुरामको प्रस्ताव : गिलास आधा भरियो, अब नयाँ शक्ति बनाऔं

संविधानको स्वागत गर्दै आतिसबाजी र दिपावली (फोटो फिचर)

नेतालाई ‘बुद्धि नदिने’ नयाँ संविधान बनेकै दिनदेखि चुनौती

नेपालको संविधान-२०७२ का १६ विशेषता

३२८ घण्टा ४५ मीनेटमा बन्यो संविधान !

राष्ट्रपतिले भने-यो संविधानले देशको एकताको कडी मजबुत गर्दै जानेछ

 सभाध्यक्ष नेम्वाङको सन्देशः संविधान कार्यान्वयनमा इमान्दारिता देखाऊ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment