Comments Add Comment

३२८ घण्टा ४५ मीनेटमा बन्यो संविधान !

Nepal new constitution announced By Rambaran yadav (1)

३ असोज, काठमाडौं । पहिलो संविधानसभाले ४ वर्षमा संविधान दिन नसके पनि दोस्रो संविधानसभाले ६ सय ७ दिनमा संविधान दिएको छ ।

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले आइतबार संविधानसभालाई गराएको जानकारीअनुसार संविधानसभाको कुल आयु ६०७ दिन रहेको छ ।

संविधानसभाको बैठक ०७० साल माघ ८ गते बुधबार प्रारम्भ भएको थियो । ०७२ साल असोज ३ गते आइतबार साँझ संविधानसभा आफ्नो काम फत्ते गरेर विघटन भएको छ । संविधानसभा अब व्यवस्थापिका संसदमा रुपान्तरित भएको छ ।

सभाध्यक्ष नेम्वाङका अनुसार संविधानसभाको बैठक १३० दिनमा १३५ पटक बसेको थियो । समयको हिसाबले संविधानसभाको बैठकले जम्मा ३२८ घण्टा ४५ मीनेट संविधान लेखनको खास कार्यमा व्यतीत गरेको थियो ।

संविधान निर्माणका अधिकांश कार्य संविधानसभा अन्तरगत गठित संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समिति, संविधान अभिलेख अध्ययन तथा निक्र्यौल समिति, संविधान मस्यौदा समिति नागरिक सम्बन्ध तथा संविधान सुझाव समिति र क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन समितिका बैठकहरुबाट सम्पन्न भई संविधानसभाको पूर्ण वैठकमा पेश भएका थिए ।

यो पनि पढ्नुस्

राष्ट्रपतिद्वारा नेपालको संविधान जारी (पूर्णपाठसहित)

नयाँ संविधानमा भारतले असन्तोष जनायो

सविधान उत्सवमा स्वस्फूर्त उत्रिए सर्वसाधारण (फोटो फिचर)

नयाँ संविधानमा मधेसले पाउन के बाँकी रह्यो ?

बाबुरामको प्रस्ताव : गिलास आधा भरियो, अब नयाँ शक्ति बनाऔं

संविधानको स्वागत गर्दै आतिसबाजी र दिपावली (फोटो फिचर)

नेतालाई ‘बुद्धि नदिने’ नयाँ संविधान बनेकै दिनदेखि चुनौती

नेपालको संविधान-२०७२ का १६ विशेषता

राष्ट्रपतिले भने-यो संविधानले देशको एकताको कडी मजबुत गर्दै जानेछ

 सभाध्यक्ष नेम्वाङको सन्देशः संविधान कार्यान्वयनमा इमान्दारिता देखाऊ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment