Comments Add Comment

सभाध्यक्ष नेम्वाङको सन्देशः संविधान कार्यान्वयनमा इमान्दारिता देखाऊ

Nepal new constitution announced By Rambaran yadav (1)

३ असोज, काठमाडौं । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले नयाँ संविधान कार्यान्वयनमा आजैदेखि चुनौती सुरु भएको भन्दै कार्यान्वयनमा इमान्दारिता र एकता प्रदर्शन गर्न शीर्ष नेताहरुलाई आग्रह गरेका छन् ।

संविधानसभाको आइतबारको ऐतिहासिक तथा अन्तिम बैठकमा राष्ट्रपति डा. रामवरण यादवले नयाँ संविधानको औपचारिक घोषणा गरेपछि सम्वोधन गर्दै नेम्वाङले भने-‘संविधान राम्रो भएर मात्र हुँदैन । संविधान आफैंले बुद्धिविवेक बाँड्ने होइन । राजनीतिक दलहरुले संविधान कायान्वयनका लागि आवश्यक विवेक र क्षमता प्रदर्शन गर्नुपर्छ ।’

नेम्वाङले संविधान निर्माणमा जस्तै कार्यान्वयनमा पनि एकजुट भएर लाग्न दलहरुलाई आह्वान गरे । कार्यान्वयनका क्रममा उत्पन्न हुने जतिसुकै प्रतिकुल परिस्थितको समाना गर्न सक्नपर्ने उनको भनाइ थियो ।

संविधान निर्माण प्रक्रिया अत्यन्त लोकतान्त्रिक, समावेशी र पारदर्शी रहेको भन्दै उनले जनताको प्रत्यक्ष सहभागीतामा अहिलेसम्मका उपलब्धि संस्थागत गर्ने हिसाबले संविधान बनेको बताए । नेम्वाङले भने-‘संविधानमा अझै पनि कमीकमजोरी हुन सक्छन् । यो सत्प्रतिशत पूर्ण नहुन सक्छ । त्यसलाई भविष्यमा लोकतान्त्रिक माध्यमबाट सुधार गर्दै लैजान सकिने बाटो खुला छ ।’

उनले असन्तुष्ट दलहरुलाई समेत जनप्रतिनिधिमार्फत संविधान संशोधन बाटो रोज्न आग्रह गरेका छन् । उनले भने-‘असन्तुष्ट दल र समुहहरुले जनताको मन जित्दै आफ्ना कुराहरु संसोधनको प्रक्रियाबाट आफ्ना एजेण्डाहरु स्थापित गर्न सक्छन् ।’ उनले अघि भने-‘संविधान समयसँगै परिपवक्व हुने छ । संविधानलाई पारित गर्नु भनेको प्रक्रियाको समाप्ति होइन, संविधानिक विकासक्रमको सुरुवात हो ।’

सभाध्यक्ष नेम्वाङले आजको दिनलाई नेपालको राजनीतिक र संवैधानिक इतिहासमा ऐतिहासिक दिन भएको बताए । संविधानसभामार्फत देशको मूल कानूनन निर्माण गर्ने साढे ६ दशक पुरानो चाहना पूरा भएको भन्दै उनले यसमा साथ दिने सबै पक्षप्रति आभार प्रकट गरे ।

संविधानसभा अध्यक्ष नेम्वाङले भावुक बन्दै भने-‘हामी स्वतन्त्र देशका स्वाधिन नागरिक हौं । संविधान निर्माणसँगै हाम्रो भावी राजनीतिक र आर्थिक संरचनाको रुपरेखा आफैंले कोरेका छौं । संविधान नै हाम्रो भविष्यको मार्गचित्र हो । म आज खुशीले ओतप्रोत भएको छु ।’

संविधानले अहिलेसम्मका क्रान्तिका उपलब्धिलाई संस्थागत गर्ने काम गरेको भन्दै उनले अहिले समेट्न नसकिएकालाई आउदा दिनमा समेट्न लोकतान्त्रिक आधार तयार गरिएको उल्लेख गरे ।

विभिन्न कारणले पहिलो संविधानसभा असफल भए पनि दोस्रो संविधानसभामा राजनीतिक दलको सुझवुझ र जनताको चाहनाका कारण सफलता हासिल भएको उनले बताए । ‘बहस र छलफलका क्रममा कतिपय निराशाजनक अवस्थाहरुबाट पनि गुजि्रनुपर्‍यो’ सभामुखले भने-‘अन्तिम चरणमा पनि कतिपय दल र सदस्यको भिन्न दृष्टिकोण रह्यो । तर व्यापक जनमत संविधानका पक्षमा थियो । ५०७ सदस्यले संविधान पारित गर्ने पक्षमा उभिनुभयो । केहि सदस्यले फरक मत राखेर पनि सहयोग नै गर्नुभयो । यस्तो अवस्थामा सबै हिसाबले प्रक्रियामा जानु उपयुक्त थियो र यसको कुनै विकल्प थिएन ।’

सभाध्यक्ष नेम्वाङका अनुसार नयाँ संविधानमा ५३७ सभासदले हस्ताक्षर गरेका छन् । प्रक्रिया बहिस्कार गरेका ५७ सभासदले भने हस्ताक्षर गरेका छैनन् ।

सभामुख नेम्वाङले नयाँ संविधानमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समावेशी लोकतन्त्र जस्ता विशेषताहरु रहेको उल्लेख गरे । उनले भने-‘संघीयताका रुपमा नेपालको संवैधानिक इतिहासमा एउटा नौलो अभ्यास सुरु भएको छ ।’

यो पनि पढ्नुस्

राष्ट्रपतिद्वारा नेपालको संविधान जारी (पूर्णपाठसहित)

नयाँ संविधानमा भारतले असन्तोष जनायो

सविधान उत्सवमा स्वस्फूर्त उत्रिए सर्वसाधारण (फोटो फिचर)

नयाँ संविधानमा मधेसले पाउन के बाँकी रह्यो ?

बाबुरामको प्रस्ताव : गिलास आधा भरियो, अब नयाँ शक्ति बनाऔं

संविधानको स्वागत गर्दै आतिसबाजी र दिपावली (फोटो फिचर)

नेतालाई ‘बुद्धि नदिने’ नयाँ संविधान बनेकै दिनदेखि चुनौती

नेपालको संविधान-२०७२ का १६ विशेषता

३२८ घण्टा ४५ मीनेटमा बन्यो संविधान !

राष्ट्रपतिले भने-यो संविधानले देशको एकताको कडी मजबुत गर्दै जानेछ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment