Comments Add Comment

राष्ट्रपतिद्वारा नेपालको संविधान जारी (पूर्णपाठसहित)

Nepal new constitution announced By Rambaran yadav (4)

३ असोज, काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले नेपालको संविधान जारी गरेका छन् । संविधानसभामा राष्ट्रपतिले संविधानका प्रतिहरुमा हस्ताक्षर गरी संविधान घोषणा गरेका हुन् ।

राष्ट्रपतिले संविधानसभामा आयोजित विशेष समारोहमा नेपालको संविधान आजैका मितिदेखि प्रारम्भ भएको घोषणा गरे ।

राष्ट्रपतिले संविधान घोषणा गरेपछि आजैका मितिदेखि देशले औपचारिकरुपमा नयाँ संविधान पाएको छ भने अन्तरिम संविधान २०६३ स्वतः खारेज भएको छ ।

राष्ट्रपतिले भने-सबै नेपाली र राष्ट्रको जय होस् 

Nepal new constitution announced By Rambaran yadav (2)

संविधान घोषणा गरिसकेपछि राष्ट्रपतिले सम्बोधन गर्दै सबै नेपाली र राष्ट्रको जय होस् भन्ने कामना गरे । उनले सबै देशबासीलाई शुभकामना र बधाइ ज्ञापन गरेका छन् ।

राष्ट्रपतिबाट जारी गरिएको संविधान आजैका मितिबाट लागू हुनेछ । संविधान जारी भएको सात दिनभित्रमा अब नयाँ सरकार गठन गर्नुपर्ने छ भने एक महिनाभित्रमा राष्ट्रपतिको कार्यकाल समाप्त हुनेछ । राष्ट्रपतिले संविधान जारी गरिरहँदा भव्य रुपमा सिँगारिएको संविधानसभा परिसरमा बेलुनहरु उडाइएको थियो ।

संविधान घोषणाका लागि शीतलनिवासबाट नयाँ बानेश्वर आउने क्रममा राष्ट्रपतिलाई बबरमहलदेखि रिसल्ला घोडचढीहरुले अगाडि र पछाडिबा स्कटिङ गरेका थिए । नयाँ बानेश्वरस्थित संविधानसभामा प्रवेश गर्दा राष्ट्रपतिलाई छेउछाउमा लामवद्ध जनताले हात हल्लाएर स्वागत गरेका थिए ।

संविधानसभामा प्रवेश गर्नुअघि राष्ट्रपतिलाई २१ तोपको सलामी दिइएको थियो । संविधानसभा अध्यक्ष र महासचिवले राष्ट्रपतिलाई स्वागत गर्दै संविधानसभाभित्र प्रवेश गराएका थिए ।

राष्ट्रपतिलाई संविधानसभाको धन्यवाद

Nepal new constitution announced By Rambaran yadav (3)

संविधान जारी गरी प्रारम्भ भएको घोषणा गरेपछि राष्ट्रपतिलाई संविधानसभाले धन्यवाद प्रस्ताव सर्वसम्मपतिले पारित गर्‍यो । संविधानसभाले गडगडाहट तालीका वीच राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गरे ।

त्यसपछि सभाध्यक्षले संविधानसभाले गरेका कामहरुको विवरण पेश गरे । २०७० माघ ८ गतेदेखि संविधानसभा बैठक बसेको र हालसम्म ३२८ घण्टा ४५ मिनेट व्यतित गरेको संविधानसभा अध्यक्षले सुवास नेम्वाङले जानकारी गराए ।

भिडियो

संविधानको पूर्णपाठ 

यो पनि पढ्नुस्

नयाँ संविधानमा भारतले असन्तोष जनायो

सविधान उत्सवमा स्वस्फूर्त उत्रिए सर्वसाधारण (फोटो फिचर)

नयाँ संविधानमा मधेसले पाउन के बाँकी रह्यो ?

बाबुरामको प्रस्ताव : गिलास आधा भरियो, अब नयाँ शक्ति बनाऔं

संविधानको स्वागत गर्दै आतिसबाजी र दिपावली (फोटो फिचर)

नेतालाई ‘बुद्धि नदिने’ नयाँ संविधान बनेकै दिनदेखि चुनौती

नेपालको संविधान-२०७२ का १६ विशेषता

३२८ घण्टा ४५ मीनेटमा बन्यो संविधान !

राष्ट्रपतिले भने-यो संविधानले देशको एकताको कडी मजबुत गर्दै जानेछ

 सभाध्यक्ष नेम्वाङको सन्देशः संविधान कार्यान्वयनमा इमान्दारिता देखाऊ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment