केही महिनाअघि अमेरिकामा एकजना बाउले आफ्नो छोराको हल्लिएको दुधे दाँत उखेल्न कारमा बाँधेर उखेलिदिएको समाचारले खुबै चर्चा पाएको थियो । छोराको दाँतलाई कारमा बाँधिदिएर छोरालाई उभिन लगाउने र आफुले अघिल्तिरबाट कार गुडाएर छोराको दाँत च्वात्तै उखेलिदिने काइदा उनले अपनाएका थिए ।
छोराको दाँत उखेल्ने त्यो अमेरिकी काइदालाई माथ खुवाउँदै एक बेलायती बाउले छोरीको दाँत उखेल्न जहाज नै लगाएका छन् । दाँत उखेल्ने क्षण केटाकेटीका लागि आफैमा डरलाग्दो हुन्छ । त्यसैले यसलाई निकै रोचक बनाउने क्रममा छोरीको दाँत उखेल्न मानव रहित जहाज अर्थात् ड्रोनको प्रयोग गरेका छन् ।
अहिले अनलाइनमा खुबै चर्चामा रहेको एक भिडियोमा ती बेलायती बाबुको करामत देख्न पाइन्छ । जहाँ उनले आफ्नी छोरीका हल्लिएका दुबै दाँतलाई धागोले बाँधेर उक्त धागोको टुप्पोलाई ड्रोनमा कसिदिएका छन् । जब उनले ड्रन उडाइदिए तब धागो जोडसँग तन्कियो अनि छोरीका दुबै दाँत उखेलेर ड्रोन माथि उड्यो । दाँत हल्लिएर दुख पाइरहेकी बच्ची पनि त्यसपछि खुसीले पुलकित भइन् भने बाउको पनि खुसीको सीमा रहेन । साँच्ची विभिन्न काममा प्रयोग हुँदै आएको ड्रोन अब दाँत उखेल्नमा पनि लोकप्रियता हासिल गर्ने पो देखियो ।
हेरौँ यो भिडियो
प्रतिक्रिया 4