Comments Add Comment

थारुलाई उचाल्ने भारतीय दूताबासको ‘माइक्रो म्यानेजमेन्ट’

८ असोज, काठमाडौं । थारु नेता राजकुमार लेखीले भारतमा शिविर खडा गर्ने कार्य स्वीकार्य नहुने भन्दै मधेसी मोर्चाविरुद्ध अभिव्यक्ति दिएपछि अनलाइनखबरमा लेखीको अन्तरवार्ता हिट भयो । तर, भारतीय विदेश सचिव काठमाडौं आएर फर्कनासाथ लेखीसहितका थारु नेताहरुको आवाज परिवर्तन भएको छ ।

S-jaySankar-At-Kp-oli-Niwas
भारतीय विशेष दूत एस जयशंकर

राजकुमार लेखी, रामजनम चौधरीसहितका नेताहरु अब उपेन्द्र यादवसहितको मधेसी मोर्चासँग संयुक्त रुपमा आन्दोलन गर्ने रणनीतिमा लागेका छन् । थारुहट थारुवान संयुक्त संघर्ष समितिमा लगातार उनीहरुले त्यसका लागि पहल गरेका छन् । तर, अहिलेसम्म सफल भएका छैनन् ।

एक थारु नेताले अनलाइनखबरसँग भने-‘राजकुमारजीहरुले १८० डिग्री फन्को मार्नु भएको छ । अहिले मधेसी मोर्चासँग मिल्नुपर्छ भनेर प्रस्ताव राखिरहनु भएको छ ।’

भारतीय दूत आउनुभन्दा अघिसम्म मधेसीको विरोधमा र राष्ट्रियताको पक्षमा चर्को बोलिरहेका लेखी एकाएक किन मधेसी र थारुको मोर्चाबन्दीको पक्षमा उभिए होलान् ? यसका पछाडिको एउटै कारण हो, भारतीय दूतावासमा भएको जयशंकर र भारतीय राजदूत रञ्जित रायसँग भएको मिटिङ ।

को-को गए दूताबास ?

स्रोतका अनुसार संविधान घोषणाको पूर्व संध्यामा नेपाल आएका भारतीय विशेष दूत विदेश संचिव जयशंकरले थारु नेताहरुसँग गोप्य भेट गरेका थिए ।

लैनचौरस्थित भारतीय दूतबासमा भएको भेटमा सात थारु नेतालाई बोलाइएको थियो । स्रोतका अनुसार विशेष दूतलाई भेट्न थारू नेताहरू कांग्रेस सभासद तजुलाल चौधरी, थरुहट तराई पार्टीका गोपाल दहित, थारु कल्याणकारी सभाका धनिराम चौधरी, फोरम लोकतान्त्रिकका रामजनम चौधरी, योगेन्द्र चौधरी र रमेश चौधरी भारतीय दूताबास पुगेका थिए ।

स्रोतका अनुसार दूताबासको भेटमा राजकुमार लेखीलाई पनि बोलाइएको थियो । तर, उनी कारणबस उपस्थित हुन सकेनन् ।

के भयो दूतावासमा ?

भारतीय कूटनीतिज्ञहरुले आफ्नो नेपाल भ्रमणका क्रममा ठूला दलका नेताहरुलाई भेटेपछि मधेसी दलका नेतालाई सामुहिक भेट दिने चलन विगतदेखिकै हो ।

यसपालि जयसंकरले मधेसी नेताहरुलाई सामुहिक भेट गरिसकेपछि दूताबासमा सातजना थारु नेताहरुसँग वेग्लै वार्ता गरेर ‘माइक्रो म्यानेजमेन्ट’को प्रयास गरे ।

त्यसको प्रभाव थारु आन्दोलनकारीको मोर्चामा देखिएको छ । अहिले थारुको मोर्चामा मधेसीसँग मोर्चाबन्दीका लागि चर्को दबाव दिइरहेका छन् ।

तीन दलका नेताहरु भएको वार्तामा पनि लेखीले नै कडा कुरा गरे र, वार्ताको औचित्य नभएको भन्दै विचमा नै उठेर हिडेका छन् । नेताहरुका अनुसार अहिले जनजाति महासंघका पूर्व अध्यक्ष लेखी सहितका केही नेता वार्ताको विपक्षमा छन् ।

एमाओवादीसहितका केही थारु नेताहरु भने मधेसी मोर्चासँग सहकार्य नगर्ने पक्षमा छन् । उनीहरुले आफूहरु मधेसमा तीन प्रदेशको पक्षमा रहेको र मधेसी मोर्चा एक मधेस प्रदेश भन्दै आएको भन्दै मोर्चाबन्दीको आधार नभएको बताउँछन् ।

लेखीको खण्डन – म दूताबास गएको थिइँन

यसैवीच थारु कल्याणकारिणी सभाका नेता राजकुमार लेखीले एक दर्जन थारु नेताहरुले भारतीय राजदूताबासमा गरेको भेटवार्तामा आफू उपस्थित नरहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment