Comments Add Comment

राष्ट्रिय लिगमा थ्रीस्टार र आर्मीले अंक बाँडे

Tanka-Basnet

  • आर्मीका टंक बस्नेत म्यान अफ दि म्याचको ट्रफी लिँदै

१४ असोज, काठमाडौं । राष्ट्रिय लिग फुटबलमा थ्रीस्टार र आर्मीले अंक बाँडेका छन् । बराबरीसँगै थ्रीस्टारले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।

बिहीबार भएको खेलमा दुर्इ बलियो टीम थ्रीस्टार र आर्मीले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले २५ औं मिनेटमा टेकबहादुर बुढाथोकीको गोलबाट अग्रता लिएको थियो । प्रतियोगितामा उनको यो पाँचौं गोल हो ।

तर, आर्मीले यो धेरैबेर जोगाउन सकेन । ३८ औं मिनेटमा थ्रीस्टारका सागर थापाले बराबरी गोल फर्काए ।

दोस्रो हाफमा दुबै टोलीले गोल गर्न सकेनन् र अंक बाँडेका छन् । उपाधि दाबेदार थ्रीस्टार बराबरीमा रोकिँदा झापा ११ लाई प्रत्यक्ष फाइदा भएको छ ।

झापा १३ खेलबाट २४ अंकका साथ शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको थ्रीस्टारको १२ खेलबाट २३ अंक छ । १२ खेलबाटै २१ अंक जोडेको आर्मी तेस्रो र ११ खेलबाट १९ अंक जोडेको मनाङ चौथो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment